arrow

कञ्चनपुरमा मतदान जारी, आकाश खुल्यो

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
matadan-dhangadi1.jpg

भीमदत्तनगर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर र डडेल्धुरामा बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । 

कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आर्चायले यहाँका तीनवटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा सदस्यका लागि एकसाथ मतदान शुरु भएको जानकारी दिए । 

कञ्चनपुरमा रहेका ३२० वटै मतदान केन्द्रमा मतदान शुरु भइसकेको मुख्य निर्वाचन अधिकृत आर्चायले बताए ।

“सबैतिर मतदान शुरु भइसक्यो,” उनले भने “वर्षात्ले केही समस्या परिहाले पनि सुरक्षित हिसाबले मतदान जारी रहन्छ ।” 

उनले बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने बताए । 

सो अवधिमा अत्यावश्यक सवारीसाधनबाहेक अरु सवारीसाधनलाई भने पूर्णरुपमा रोक लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्लाभर शान्तिपूर्ण वातारणमा मतदान भइरहेको बताए । 

“अहिलेसम्म सबै निर्वाचन क्षेत्रमा मतदान गर्न मतदाता उत्साहका साथ मतदानस्थल आइरहनुभएको छ ।” उनले भने “मतदानस्थलदेखि सबैतिर सुरक्षा सर्तकता बढाएका छौँ ।” त्यसका साथै नेपाल भारत सीमासमेत बन्दज गरेर कतिपय स्थानमा नेपाली र भारतीय सुरक्षाकर्मीबाट सीमा क्षेत्रमा संयुक्त गस्तीसमेत भइरहेको छ । 

निर्वाचनका लागि दुई हजार ५६० जना कर्मचारी खटिएका छन् भने निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब चार हजारको संख्यामा खटिएका छन् । कञ्चनपुरमा दुई लाख ६४ हजार ९७३ मतदाता रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ