arrow

भ्रामक प्रचारप्रति आचार्यद्वारा खेद प्रकट

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
suraj-raj-acharya.jpeg

कपिलवस्तु । नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार सुरेन्द्रराज आचार्य  विरुद्ध जातीय सदभाव भडकाउने गरी विपक्षीले गलत प्रचार गरेकोप्रति एक प्रेस विज्ञप्ती जारी गरी खेद व्यक्त गरेका छन् ।

वोल्दै नवोलेको कुराको आवाजलाई मिक्सिग गरी जातीय सद्भाव भड्काउने कुरा नेकपा एमालेले जनतामाझ भ्रम फैलाएकोप्रति आचार्यले खेद व्यक्त गरेका छन् ।

सधै मधेसी, पहाडी, हिन्दु ,मुस्लिमसंगै बसेर हालसम्म राजनिती गर्दै आएकोमा विपक्षीले निर्वाचन हार्ने स्थिती देखेर अतालिएर भ्रामक सन्देश मिक्सिग गरी प्रचार गरेको आचार्यले जनाएका छन् ।

व्यक्तिगत  र पार्टीको छवीमा आच आउने गरी साम्प्रदायिक द्धन्द्ध फैलाई निर्वाचनमा फाइदा लिने तत्वको पछाडी नपर्न समेत आम क्षेत्रवासी र जिल्लावासीलाई अनुरोध गरेका छन् ।

लोकतन्त्र भनेको सवै जनताको आधार हो लोकतन्त्र विरोधी तत्वले आफुहरु निर्वाचनमा हार्ने डरले अनेक प्रचार गर्न लागेको हुंदा त्यस्ता भ्रमको पछाडी नर्पन कार्यकर्तालाई समेत आचार्यले आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ