निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा
प्रकाशित २०७४ मंसिर २० बुधबार
432
Shares
कञ्चनपुर। प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको राष्ट्रिय मानव अधिकारको निर्वाचन पर्यवेक्षक टोलीले बुधबार कञ्चनपुरमा अनुगमन गरेको छ।राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठक, आयोगका क्षेत्रीय निर्देशक दीपकजंग ध्वज कार्की, आयोगका अनुसन्धन प्रमुख राजेन्द्र न्यौपाने र जिल्ला पर्यवेक्षक उमा जोशीलगायतको टोलीले अनुगमन गरेको हो।
निर्वाचन पूर्व जिल्लाको सुरक्षा अवस्था, हालको सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता परिपालना भए नभएको विषयमा आयोगको टोलीले प्रजिअ कुमार खड्कासँग जानकारी लिएको छ।
महेन्द्रनगरलगायत पूर्व–पश्चिम राजमार्गका बजार क्षेत्रमा सार्वजनिकस्थलमा जथाभावी पर्चा, पम्पप्लेट टाँसिएको र विभिन्न पार्टीका प्रचार सामग्री प्रत्यक्ष मतदातालाई प्रभावित पार्ने गरी झुण्ड्याइएको पाइएकाले तुरुन्त हटाई आचारसंहिताको पालना गर्न टोलीले निर्देशन दिएको छ। सबै मतदानस्थलमा कर्मचारी खटाइसकेको सुरक्षा व्यवस्था कडा पारिसकेको, निर्वाचन सामग्रीलगायत समग्र तयारी पूरा भइसकेको प्रजिअले आयोगको टोलीलाई जानकारी गराए।
मौन अवधिमा भर भ्रामक कुरा नगर्न राजनीतिक दललाई राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप पाठकले आग्रह गरेका छन्। निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने वातावरण सिर्जना गर्ने दायित्व राज्यको भएकाले सबै क्षेत्रमा मतदाताले शान्तिपूर्ण मतदान गर्न पाउनुपर्छ।
उनले भने, “गर्भवती महिला, वृद्ध, अपांगजस्ता व्यक्तिलाई सहजरुपमा मतदान गर्ने वतावरण बनाउनुपर्छ।” रासस