arrow

काँग्रेसको चेतावनी : आधिकारिक उम्मेदवारलाई असहयोग गर्नेमाथि कारबाही

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
nc-party-office.png

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार पार्टी कार्यालयद्वारा जारी विज्ञप्तीमा यस्तो चेतावनी दिईएको हो ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तीमा आगामी मंसिर २१ गते हुन लागेको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने पार्टीको जो सुकै नेता तथा कार्यकर्ताले पनि आधिकारिक उम्मेदवारलाई असहयोग गरेको प्रमाणित भएमा पार्टीको विधान अनुसार त्यस्ता कार्यकर्ता तथा नेतालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गर्ने चेतावनी दिईएको हो । 

पार्टीका विभिन्न तहमा पार्टीको आधिकारिक व्यक्तिलाई असहयोग गरेको भेटिए तत्काल जिल्ला कार्यसमिति मार्फत् केन्द्रीय समितिमा जानकारी दिन पनि पार्टीले आफू मातहतका कार्यसमितिलाई निर्देशन दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ