घरदैलोमा मतदाताको मन जित्न सफल पेमासिद्धि लामा, मत जित्ने पर्खाइमा
प्रकाशित २०७४ मंसिर १८ सोमबार
499
Shares
बारा। जिल्लामा युवा पुस्तामाझ लोकप्रिय छवी बनाएका बारा निर्वाचन क्षेत्र नम्बर १(क)का प्रदेश सभाका प्रत्यक्ष उम्मेदवार पेमासिद्धि लामाले निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा पुराना पुस्ताका मतदाताहरुको समेत मन जित्न सफल भएका छन् ।
युवा उम्मेदवार लामाले आफनो निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा निजगढ नगरपालिका, कोल्हबि नगरपालिका र बारागढि गाउपालिकामा बसोबास गर्ने मधेशी, चौधरी, तामांग, क्षेत्री, ब्राम्हण , मुस्लिम लगायत आदिवासी , जनजाति तथा दलित समुदायहरुको भावना बुझ्दै मतदाताहरुसँग प्रत्यक्ष अन्तरक्रिया तथा भेटघाट गरेका छन्।
उनीहरुले राखेको समस्या निराकरण गर्न आफुलाई निर्वाचनमा हुने जित वा हारको स्वभाविक प्रक्रियाले कुनै प्रभाव नपर्ने बताएका छन्।
लामाले आफु निर्वाचनमा बिजयी भए पनि पराजित भएपनि आफु बारा निर्वाचन क्षेत्र नम्बर १ (क)को जनताको सेवा गर्न कहिल्यै पछि नपर्ने प्रतिक्रिया दिए।
अझै लामाले निर्वाचनमा बिजयी भएमा त आफु यस क्षेत्रका जनताको सेवामा हरदम तयार हुने बताए।
निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा लामाले आफुलाई कम्युनिष्टहरु जस्तो झुटको खेति गर्न नआउने र आफु सधै बोलेर भन्दा पनि गरेर देखाउने भएकाले आफुले कहिल्यै जनताहरुको माझ भ्रामक आस्वाश्वन नदिएको बताए।
लामाले आफु स्वयं सुकुम्बासी भएको बताउदै सुकुम्बासी समस्याको भागीदार आफु स्वयम भएकाले सुकुम्बासी समस्या समाधान आफनो उच्च प्राथमिकतामा पर्ने बताए।
निर्वाचन एउटा सुनौलो अवसर भएकाले आफनो क्षेत्रमा रहेका अन्य पार्टीका उम्मेदवारको छबी र आचरण हेरेर बिबेक पुर्याउदै आफुसँग तुलना गरेर मतदान गर्न पनि आग्रह गरे।
मतदाताले भने यसअघि लामाले कुनै पदमा नबसी समाजका लागि गरेको बिकास निर्माण लगायतका सामाजिक कार्यहरुको स्मरण गर्दै अब निर्वाचित भएमा लामा यस क्षेत्रमा अझै सशक्त ढंगले बिकास निर्माणको काममा सक्रिय हुने चर्चा गर्न थालेका छन ।
यसअघि लामाको सक्रिय पहलमा निजगढदेखि भरतगंज सिंगौल हुदै मकवानपुरको फापरवारी जोड्ने सडक नेपाल सरकारको रातो किताबमा पार्न सफल भएका थिए। अहिले सो सडक निर्माणको कार्य शुरु हुदैछ।
केहि समय अघि मात्र नाम मात्रको स्वास्थ्य केन्द्र बनेको निजगढ नगरपालिका वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आवस्यक उपकरणहरु भित्र्याउन सफल भई स्वास्थ्य केन्द्रको स्तरोन्नति गराएका छन्। जसको प्रतिफल बमोजिम उक्त स्वास्थ्य केन्द्र चाडै नै निजगढ अस्पताल बन्ने प्रक्रियामा रहेकोछ ।
त्यस्तै लामाकै नेतृत्वमा निजगढ नगरपालिका वडा नम्बर ८ को क्रिकेट रंगशाला स्तरोन्नति समेत भएकोछ। जसबाट अन्तराष्ट्रिय खेलकुद जगतमा नेपालले पेश गर्ने सबैभन्दा उत्कृष्ट खेल क्रिकेटको गतिविधि र खेलाडी उत्पादनमा यस क्षेत्रको अहम भूमिका राख्ने प्रयासमा लामा अहिले लागिपरेका छन्।
यस्तै खाल्का अन्य विभिन्न बिकास निर्माण लगायतका सामाजिक कार्यले गर्दा नै लामासंग बारा निर्वाचन क्षेत्र नम्बर १(क)का मतदाताहरु लामा निर्वाचित भएमा यस क्षेत्रमा बिकासको लहर आउनेमा आशावादी रहेका छन् ।
बाढी,पहिरो ,भूकम्प,आधिहुरी जस्ता प्राकृतिक बिपत्ति होस् या त आगलागी पिडित नै किन नहुन आफुसंग जेजति छ लामा पिडितको घाउमा मलम लगाउन पुगिहाल्छन ।
त्यसैले नै लामा बालक,युवा या बृद्ध सबै माझ समाजसेवीको परिचय बनाएका छन् ।अ
झै पछिल्लो सयमा त यस क्षेत्रको कांग्रेस,एमाले ,माओवादी,राप्रपा लगायत बिभिन्न पार्टीका युवाहरुमाझ झनै लोकप्रिय बनेका छन्।
आफनो क्षेत्रको बिकास र जनताहरुको सेवा गर्न बारा निर्वाचन क्षेत्र नम्बर १(क)बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका पेमासिद्धि लामाले सम्पूर्ण निजगढ नगरपालिका ,कोल्हबि नगरपालिका र बारागढि गाउपालिकालाई समृद्ध बनाउन हरसम्भव प्रयास गर्ने बताएका छन्।