arrow

मतदाता शिक्षा प्रभाबकारी बनाउन सरोकारवालाको जोड

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
matadata-sikshya-pokhara-hamrakura.jpg

पोखरा । कास्कीमा मतादाता शिक्षा प्रभाबकारी नभएकोमा सरोकारवालाले गुनासो गरेका छन ।

सोमबार पोखरामा हाम्राकुरा डटकमको आयोजना एबं क्रियाशिल पत्रकार महिला कास्कीको समन्वयमा सम्पन्न मतदाता शिक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले मतदाता शिक्षा प्रभाबकारी हुन नसकेको गुनासो गरेका हुन ।

कार्यक्रममा बोल्दै निर्बाचन आयोग क्षेत्रिय कार्यलय पोखराका प्रमूख गंगालाल सुबेदीले निर्बाचन आयोगले अपेक्षा गरे अनुसार मतदाता शिक्षा प्रभाबकारी हुन नसकेको बताए । उनले मतदाता शिक्षा सामाग्री ढिलो प्राप्त भएकोले पनि मतदाता शिक्षा प्रभाबित भएको उल्लेख गर्दे आयोगले सबै घर, सबै टोलमा पुगेर मतदाता शिक्षा दिनको लागि मतदाता शिक्षा स्वयंसेबकलाई निर्देशन दिइएको भए पनि सो अनुरुप काम हुन नसकेको स्वीकारे । 

बरिष्ठ मानब अधिकारकर्मी टेकनाथ बरालले  स्वच्छ,निष्पक्ष र भय रहित निर्बाचन नागरिकको अधिकार भएको भन्दै  निर्बाचन बिरोधि गतिबिधि गर्नेलाइ नागरिक समाजले पनि खबरदारी गर्नुपर्नेमा जोड दिए । 

शान्तीका लागि नागरिक समाजको संजाल कास्कीका संयोजक बिष्णू बरालले मंसिर १० गते सम्पन्न  पहिलो चरणको प्रतिनिधि शभा र प्रदेश सभाको निर्बाचनमा मतदाताको उपस्थिती कम देखिएको उल्लेख गर्दे मंसीर २१ गतेको दोश्रो चरणको निर्बाचनमा बढी भन्दा बढि मतदातालाई मतदान प्रकृयामा सहभागी गराउने बाताबरण मिलाउन सबै पक्ष जिम्मेवार भएर लाग्नु पर्ने सुझाब दिए।

इन्सेक क्षेत्रिय कार्यालय पोखराका संयोजक शिब खकुरेलले मतदाता शिक्षा कार्यक्रम निर्बाचन आयोगको मात्रै जिम्मेवारी नभइ राजनैतिक दलले पनि मतदाता शिक्षामा ध्यान दिनुपर्नेमा जोड दिए ।

हाम्राकुरा डककमका सम्पादक अजय बाबु शिवाकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला मानब अधिकार रक्षक संजाल कास्कीका अध्यक्ष जानकी शर्मा, कास्की जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष सोम बहादुर श्रेष्ठ, दलित महिला संघ कास्कीका अध्यक्ष चमेली खाती परियार,अधिबक्ता गीरधरी सुबेदी लगायतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सीना पगेनीले गरेकी थिइन । 

हाम्राकुरा डटकमले मतदाता शिक्षा प्रभाबकारी बनाउने उदेश्यले मेची महाकाली जागरण अभियान अन्तर्गत बिभिन्न जिल्लाका सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम संचालन गरेको सम्पादक शिवाकोटीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ