arrow

पर्साका चारै क्षेत्रमा रात्रीसभा गरेर सकियो काँग्रेसको चुनावी प्रचार

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
parsa-district1.png

बीरगञ्ज । पर्सा जिल्लाका हरेक गाउँ तथा नगरपालिकाका वडा वडामा न्यानो माया र सत्कार पाएका नेपाली काँग्रेसका उम्मेदवारहरुले कम्युनिष्ट अधिनायकबाद र क्षेत्रीय संकीर्णतावादको विपक्षमा जनमत तयार भएको दावी गरेका छन् । 
 
उनीहरुले नेपाली कांग्रेसले नै मधेश र मधेशबासी जनताको हितमा काम गरेको र गर्न सक्ने भएकोले मधेश विरोधी र सामाथ्र्य नभएका दलका पछि मधेशी जनता नलाग्ने बताए ।
 
क्षेत्र नं १
 
नेपाली काँग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार अनिल रुँगटाले मतदाताहरुको नेपाली कांग्रेसकाप्रति आशा र विश्वास बढ्दै गएको बताए ।
 
पर्सा क्षेत्र नम्बर १ अन्तरगतको लालपर्सा, बेलवा, परसोतिपुर, भेडिहारी, लगायतका ठाउँहरुमा सोमबार सम्पन्न घरदैलोकोक्रममा नेता रुँगटाले मधेशका जनताले मधेश र मधेशी जनतालाई शान्तिपूर्ण ढंगले अधिकार सम्पन्न बनाएर विकास दिने पार्टी र नेता खोजेको र त्यस्तो पार्टी नेपाली कांग्रेस मात्र भएको बताए ।  
कार्यक्रममा उम्मेदवार अनिल रुँगटाका अतिरिक्त काँग्रेस पर्साका सभापति अजय द्धिवेदी, प्रकाश उपाध्याय, बिरेन्द्र पटेल, ईम्तियाज आलम, दिलिप कार्की, राजकृष्ण अमात्य, काँग्रेसका वीरगञ्ज नगर सभापति भोला साह कलवार, नेवि सँघका नेता तथा कार्यकर्ताहरु लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
 
साँझ विरगञ्जको मुर्ली चौकमा  रात्रीसभा गरेर क्षेत्र नं १ को नेपाली काँग्रेसले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ को  प्रचार अभियानको  समापन गरेको छ ।
 
क्षेत्र नं २
 
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले बामपन्थीहरुले जनताको अधिकार खोस्ने चेष्टा गरेकोले यो निर्वाचनमा व्यक्तिगत र आर्थिक स्वतन्त्रताका पक्षधर मधेशका जनताले नेपाली कांग्रेसलाई अत्यधिक मतल जिताउने विश्वास व्यक्त गरेका छन् । 
 
पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको एकटाँगा, कोन्हिया, विरगञ्जकोमाईस्थान, लगायतका ठाउँहरुमा भएको छलफल पश्चातको कोणसभालाई सम्बोधन गर्दै नेता चौरसियाले नेपाली काँग्रेसलाई नेतृत्वमा ल्याई लोकतन्त्रलाई बचाउनुपर्ने यथार्थ जनताले बुझिसकेकोले हिमाल, पहाड, तराई चारैतिर नेपाली काँग्रेसले जितेर बहुमत ल्याउने दावी गरे ।
 
घरदैलो कार्यक्रममा उम्मेदवार अजय चौरसियाका अतिरिक्त प्रदेश सभा सदस्य पदका रामरुप कुर्मी, श्याम पटेल, विद्यार्थी नेताहरु सुधिर पटेल तथा अन्य जिल्ला, क्षेत्र एवम् गाउँ स्तरीय नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 
सोमबार साँझ पर्साको डोकैला बहुअरीमा रात्री सभा गरेर नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ को प्रचार अभियान सम्पन्न भएको छ ।
 
क्षेत्र नं ३
 
पर्सा क्षेत्र नम्बर ३ का लागि प्रदेशसभा सदस्य पदका उम्मेदवार जनार्दन सिँह क्षेत्रीले सोमबार पोखरीया, ईतियाही, बहुअर्वाभाठा, श्रीसिया लगायतका गाउँहरुमा कार्यकर्ता भेटघाट तथा छलफल गरे ।
 
आसन्न निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउनका लागि नेता सिँहले गाउँ गाउँका ईकाई कमिटीलाई परिचालन गरे । उनी नेपाली काँग्रेसको पक्षमा  परिणाम आउनेमा ढुक्क छन् । 
 
कार्यक्रममा गाउँ ईकाई कमिटीका सभापति तथा अन्य स्थानिय नेता एवम् कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 
क्षेत्र नं ३ को प्रचार अभियान मैनपुरमा रात्री सभा आयोजना गरी सकिएको छ ।
 
क्षेत्र नं ४
 
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेद्वार रमेश रिजालले देशको विकास र समृद्धिका लागि नेपाली काँग्रेसको विकल्प नरहेको  दाबी गरे ।
 
क्षेत्र नम्बर ४ अन्तर्गत कोटिहुँकी, चारगाँहा, भेडिहारवा, मुड्ली लगायतका ठाउँहरुमा सोमबार भएको घरदैलो र कोणसभालाई सम्बोधन गर्दै नेता रिजालले नेपाली जनताले लोकतन्त्रलाई समाप्त पार्न खोज्नेहरुलाई तह लगाएरै छोड्ने दाबी गरे ।
 
सम्बोधनका क्रममा नेता रिजालले नेपाली काँग्रेसले नै लोकतन्त्रलाइ बचाउन सक्ने तथा मधेश र मधेशीको एजेण्डालाई समेत पूरा गराउन सक्ने हैसियत राख्ने यथार्थ जनताले बुझेको हुनाले यो निर्वाचनमा सहज बहुमत आउने बताए ।
 
कार्यक्रममा उम्मेदवार रमेश रिजाल तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार बशिष्ठनारायण कुर्मी,रमेश पाण्डेय, बृहपतिकृष्ण श्रेष्ठ, बलिष्टर अहमद, ईमरान आलम, रामाशिष पटेल, सोधा पटेल, श्रीकान्त यादव, रामदेव चौहान, भुपेन्द्र तिवारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 
नेपाली कांग्रेस क्षेत्र नं ४ले सोमबार साँझ पर्सा खलुचडीमा रात्रीसभा गरी प्रचार कार्यक्रमको औपचारिक समापन गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ