arrow

तानाशाही प्रवृत्तिले लोकतन्त्र खतरामा : पौडेल

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
paudel-ramchandra-news.jpeg

तनहुँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तानाशाही प्रवृत्तिले लोकतन्त्र माथि खतरा कायमै रहेको बताए। नेपाली काँग्रेस प्रचारप्रसार समितिद्वारा सोमबार दमौलीमा आयोजित चुनावी सभामा उनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि केही तानाशाही प्रवृत्तिले लोकतन्त्र नै खतरामा रहेको बताए। 

“गाउँबाट विचलित भएका मनलाई गाउँमै बसौँ बसौं बनाउने आफ्नो योजनाअनुरुप आधा काम पूरा भइसकेको र बाँकी काम पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ”– उनले भने । जिल्लाको सबै गाउँगाउँमा बिजुली, मोटबाटो पुगिसकेको बताउँदै नेता पौडेलले गाउँमै आम्दानी र रोजगारी पु¥याउन आफू लागिपरेको उद्घोष गरे । 

काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले देशभरि काँग्रेसको लहर आएकाले जित सुनिश्चित रहेको बताए । पूर्वअर्थमन्त्री डा रामशरण महतले 'लोकतान्त्रिक पद्धति र आर्थिक समृद्धि गर्ने नेतृत्वको काँग्रेस हो' भने । उद्योगपति एवं नेकाँ समानुपातिक उम्मेदवार विनोद चौधरीले विदेशमा रहेका ४० लाख नेपालीलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न लोकतान्त्रिक सरकार आवश्यक रहेकाले काँग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिए। 

तनहुँ क्षेत्र नं २ को (क) का प्रदेशसभा उम्मेदवार प्रदीप पौडेलले अस्थिर राजनीति समाल्न र नेतृत्व लिन सक्षम नेतृत्व रामचन्द्र पौडेल रहेकाले तनहुँ जिल्लाको मात्रै नभई देशकै नेतृत्व गर्ने अवसरबाट चुकाउन नहुनेमा जोड दिए। प्रचारप्रसार समिति तनहुँका संयोजक अमरराज कैनीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा क्षेत्र नं २ को (ख) प्रदेशसभाका उम्मेदवार ध्रुव वाग्ले क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार शंकर भण्डारी लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ