वीरगञ्ज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ का लागि प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले बामपन्थीहरुले एकताको नाममा जनतामा भ्रम छरेर भोट लिन गरिरहेको प्रयास असफल हुने बताएका छन् ।
पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको एकटाँगा, कोन्हिया, विरगञ्जकोमाईस्थान, लगायतका ठाउँहरुमा सोमबार भएको छलफल पश्चातकोकोणसभालाई सम्बोधन गर्दै नेता चौरसियाले नेपाली काँग्रेस लाई नेतृत्वमा ल्याई लोकतन्त्रलाई बचाउनुपर्ने यथार्थअब नेपाली जनताले बुझि सकेको ले हिमाल, पहाड तराई चारै तिर नेपाली काँग्रेसले ठूलो बहुमत ल्याउने समेत दाबी गरे।
घरदैलोका क्रममा आम मतदाताहरुले नेपाली काँग्रेसको ईतिहासको बारेमा चर्चा गर्दै नेपालको ईतिहासमा नेपाली काँग्रेसको अलग पहिचान रहेको तर अन्य दलहरु नेपाली काँग्रेसलाई बद्नाम् गरी आफ्नो स्वार्थ पुरा गर्नमा लागेको लेतिनीहरुको स्वार्थ पुरा हुन नदिनका लागि एकजुट भई काँग्रेसलाई मत दिनका मतदाताहरु सँग नेता चौरसियाले आग्रह गरे।
घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका रामरुप कुर्मी, श्याम पटेल, विद्यार्थीनेताहरु सुधिर पटेल तथा अन्य जिल्ला, क्षेत्र एवम् गाउँ स्तरीय नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
साथै आजै साँझ पर्साको डोकैला बहुअरीमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ को रात्रीसभा समेत हुने भएको छ ।