कांग्रेस सरकारले नै मधेशीलाई अधिकार दिलाउँछ : रुगंटा
प्रकाशित २०७४ मंसिर १८ सोमबार
261
Shares
वीरगंज(पर्सा) । पर्सा जिल्लाबाट प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगंटाले मधेशीलाई अधिकार सम्पन्न बनाउने र मधेशी जनताको हितगर्ने पार्टी नेपाली कांग्रेसमात्र भएको बताएका छन् । सोमबार वीरगंज महानगरपालिका वडा नं. १६को नगवा घुसुकपुरको घरदैलो कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
घरदैलो कार्यक्रममा स्वतन्त्र महिलाहरुको ठूलो समूहले रुगंटालाई समर्थन गर्दै सहभागिता जनाएको थियो ।
स्थानीय निर्वाचनमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबाट प्रत्यासी बन्नुभएका र थुप्रै समर्थकहरुले नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगंटालाई समर्थन गरेका थिए ।
कार्यक्रममा उम्मेदवार रुंगटाले नेपाली कांग्रेसको वहुमत आएपछि संसदको पहिलो बैठकबाटै संविधान संशोधन गर्ने र मधेशको बाँकी रहेको मांग पूरा गराउने बताए ।
उम्मेदवार रुगंटाले गरिबी न्यूनिकरण गर्दै रोजगार मुलक कार्यक्रम ल्याउने , एकल महिलाको भत्तामा बृद्धि गर्ने लगायत विकास र समृद्धिका कार्यक्रम कांग्रेसले मात्र पूरा गर्ने बताए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार विजय शर्राफ , नेवि संघका राकेश यादव, दिलीपराज कार्की लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो ।