arrow

६५ एमाले कार्यकर्ता काँग्रेसमा भित्रयाउँदै गरे प्रदीप पौडेलले यस्तो संकल्प

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
43.jpg

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ प्रदेश सभा १ का उम्मेदवार प्रदिप पौडेलले शिसाघाट उपत्यकाको विकास गर्ने बताएका छन् । 
 
निर्वाचन प्रचारप्रसारका क्रममा शुक्लागण्डी १ स्थित थप्रेकमा आयोजित आमसभामा बोल्दै नेता पौडेलले विपि कोइरालाको आदर्श अनुरुप प्रयाप्त स्रोतसाधन अधिकार, क्षमता र जवाफदेहिता सहतिको स्थानीय, प्रदेश र संघीय सरकारको परिकल्पनालाई साकार पार्न नेपाली कांग्रेसले यस निर्वाचनमा कम्युनिष्टहरुलाई हराउन अत्यावश्यक रहेकाले यस निर्वाचनमा कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । 

शिसाघाटमा आयोजित चुनावी कोणसभामा नेकपा एमाले परित्याग गरी ६५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
 
आइतवारै नेता पौडेलले व्यास ६ स्थित सिशाघाट र शुक्लागण्डकीको सुन्दरी गाउँमा आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ