कन्काइ नगरमा २ सय भन्दा बढी युवा काँग्रेसमा प्रबेस
प्रकाशित २०७४ मंसिर १८ सोमबार
332
Shares
झापा। कन्काइ नगरपालिका ३ स्थित सुरुङ्गगामा कन्काइ नगरपालिका भरिका २ सय बढी युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
नेपाली काँग्रेसले आयोजना गरेको पार्टी प्रबेस तथा कोण सभामा कार्यक्रममा ती युवा काँग्रेसमा प्रबेस गरेका हुन ।
कार्यक्रममा नब प्रबेसीलाई अबिर टीका लगाएर चुनाब चिन्ह रुख र सदस्यता बितरण गरिएको थियो।
ने.का पार्टी का झापा ४ का कन्काइ नगर ३ का वाड अध्यक्ष रुद्र चिमरिया ने.का सभापति नेत्र चिमरिया , प्रकाश चुडाल , रमेस श्रेष्ठ लगायत ले पार्टी प्रवेश गराएका थिए।
कार्यक्रममा बोल्दै सांसद उमेद्वार देउमान थेबेले लोकतन्त्रमा मात्रै युवाहरुको भबिस्य रहेको बताए।युवाहरूको भबिस्य भनेकै देसको भबिस्य भएकोले युवालाइ परिवर्तनको सम्बाहकको रुपमा लैजानुपर्ने उनले बताए।
अबका युवा बिकास र समृद्धीको सम्बाहकको रुपमा आघाडी बढनु पर्ने र काँग्रेसले युवाहरुलाई सधै साथ दिने प्रतिबद्धता ब्यक्त गरे ।