वीरगंज । पर्सा जिल्ला को प्रतिनिधी सभा क्षेत्र नं. २ का नेपाली कांग्रेस का प्रतिनिधी सभाका उम्मेदवार अजय चौरसीयाले घर दैलो कार्यक्रम गरेका छन् । निर्वाचन क्षेत्र नं. २ को बहुअर्वा भाठा पंचरुखी र हरपुरमा व्यापक जनसहभागीतामा घरदैलो सम्पन्न भएको छ ।
घरदैलोमा बहुअर्वा भाठाका आशिष चौरसीयाले अहिले बहुअर्वा भाठा पुरै कांग्रेसमयी भएको कारण नेपाली कांग्रेसका उम्मेदवारको जित सुनिश्चित रहेको बताए । घरदैलोमा घुम्दै उम्मेदवार चौरसीयाले चुनाव पिच्छे पार्टी बढल्नेहरु अनेक पार्टीको खोल ओडेर जनता ठग्न आउदै छन् तसर्थ उनिहरु संग सचेत रहन आग्रह गर्दै देशमा विकासलाई गति दिन र आफ्ना सन्ततीको भविस्य सुनिस्चित गर्नका लागी नेपाली कांग्रेसलाई जिताउन आग्रह गरे।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार राजेश्वर साह तेली, नेपाली कांग्रेस का जिल्ला सचिव श्याम पटेल, किशोरी चौरसीया लगाएत स्थानिय नेता तथा कार्यकार्ताहरुको उपस्थिती रहेको थियो ।