मनमत मटिअर्वामा औधोगिक करिडोरमा रोजगारीको सृजना गर्ने मंसुरको उद्घोष
प्रकाशित २०७४ मंसिर १७ आइतबार
504
Shares
कलैया । श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले मानमत मटिअर्वा औधौगिक करिडोरमा बेरोजगारीलाई हटाएर युवाहरुलाई रोजगारीको सृजना गर्ने बताएका छन् ।
कलैया उपमहानगरपालिकाको १२ धर्मनगरमा शनिबार राती आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रम मन्त्री मंसुरले मानमत मटिअर्वा सडकको निमार्ण कार्य भईरहेको, सडकको निमार्ण भईरहेको बेला उद्योगीहरु उद्योगको स्थापना गर्न लगानी गर्न चाहेको बताए । उनले उद्योगीहरु लगानी गर्न ईच्छुक देखिएको ति उद्योगीहरुको सुरक्षाको प्रत्याभुति गर्न नेपाली कांग्रेस बाहेक क्षेत्र नं. ३ मा अरु कुनै पनि पार्टीको बलियो नेता नभएको दाबी गरे।
मन्त्री मंसुरले भने नेपाली कांग्रेसको बलियो नेतालाई अत्याधिक बहुमतले विजयी बनाउन आग्रह गरे । कांग्रेसका उम्मेदवारलाई विजयी बनाई मानमत मटिअर्वा औधोगिक करिडोरमा उद्योगहरु स्थापना गराई बेरोजगार युवाहरुलाई रोजगारीको लागि नेपाली कांग्रेसको उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गरी विजयी बनाउन आग्रह गरे। संविधानमा हिमाल, पहाड, तराई–मधेशका मधेशी, मुस्लिम, दलित, महिला, आदिवासी, जनजाती, पिछडाएका हरेक समुदायको हक अधिकार सुनिश्चितता गर्ने काम गरेको छु ।
संविधान निमार्णको काम संगै क्षेत्र नं. ३ मा मठ–मन्दिर, सामुदायिक भवन निमार्ण, सडक ढलान, बाटो निमार्णको काम गरे, मन्त्री मंसुरले त्यति मात्र होईन कि मानमत–कलैया–मटिअर्वा सडक खण्डको निमार्ण कार्यलाई भारतीय ठेकेदारले अलपत्रमा छांडेर भागेपछि सांसद हुंदा मन्त्रालयमा भनसुन गरी बजेट पार्न लगाई त्यसको शिल्नयास गराएको जुन अहिले निमार्ण कार्य हुंदैछ आफु विकास गर्ने नेता हो ।
भोलीको दिनमा पनि क्षेत्रको विकासको लागि संदमा आवाज उठाउने, विकासको लागि बजेट छुटयाउन सक्ने नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न श्रम मन्त्री मंसुरले स्थानीयहरुसंग आग्रह गर्नुभयो । कार्यक्रममा क्षेत्र नं. ३ को २ का प्रदेश सभाका उम्मेदवार जयचन्द्र चौरसिया, पुर्व सहायक राज्य मन्त्री कलावती पासवान, कलैया उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार महमद शानि मिया ठकुराई लगायतकाले सम्बोधन गरेका थिए ।