arrow

कांग्रेस सरकारले नै मधेशीलाई अधिकार दिलाउछ -नेता रुगंटा

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
anil_rungta1.jpg

वीरगंज । पर्सा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं. १ को उम्मेदवार अनिल रुंगटाले वीरगंज महानगरपालिका वडा नं. १६ नगवा घुसुकपुरमा घरदैलो गरेका छन् । घरदैलो कार्यक्रममा रुंगटाको समर्थन गर्दै व्यापक रुपमा जन सहभागिता बढेको छ भने घरदैलोमै स्वतन्त्र महिलाहरुको एक जत्थाले रुंगटालाई समर्थन गर्दै घरदैलोमा सहभागिता जनाएकी छिन् ।

घरदैलो कार्यक्रमका सहभागीले क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगंटालाई जिताउन हामी अघि बढेको बताउँदै कांग्रेसले नै मुलुकलाई सही दिशा दिन सक्ने भएकोले हामी कांग्रेसका उम्मेदवारलाई जिताउन लागि परेको बताए ।

त्यस्तै स्थानीय चुनावमा मधेशी पार्टीमा लागेका वीरगंज महानगरपालिका वडा नं. १६ का शेख मईमले आफु मधेशको हक अधिकारको लागि लडे, दिन रात रोडमा टायर बालेँ र आन्दोलन गरे तर के पायौ ? मधेशी नेताहरु मोटाए जो मधेशी नेताहरु आन्दोलनको नेतृत्व गर्थे उनीहरु करोडौंको मालिक भए र नेताहरुले हामीहरुलाई प्रयोग मात्र गरे मधेश र मधेशीले केही पनि पाएन । त्यसकारण हामी १६ नं. वडाका सम्पूर्ण जनताहरु आफू खुशी नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेको वताए ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुगंटाले जनताको विश्वास टुट्न नदिने बताउँदै नेपाली कांग्रेसको वहुमत आए संसदको पहिलो बैठकबाटै संविधान संसोधन गर्ने र मधेशको बाँकी रहेको मांग पुरा गराउने तर्फ लाग्ने प्रतिवद्धता व्यक्त गरे । उम्मेदवार रुगंटाले गरिबी न्यूनीकरण गर्दै रोजगार मुलक कार्यक्रम ल्याउने, एकल महिलाको भत्तामा बृद्दि गर्ने पनि बताए । कार्यक्रममा प्रदेश सभाका उम्मेदवार विजय शर्राफ , नेवि संघ का राकेश यादव, दिलीपराज कार्की लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ