अधमारावासी सगँ भोट माग्ने पहिलो उम्मेदवार उपप्रधानमन्त्री श्रेष्ठ
श्रीकृष्ण सिग्देल
प्रकाशित २०७४ मंसिर १७ आइतबार
722
Shares
स्याङ्जा । २०४८ सालबाट चुनाव जित्दै आएका उपप्रधानमन्त्री तथा स्याङ्जा क्षेत्र नं. २ का उमेदवार गोपालमान श्रेष्ठ पहिलो पटक पकवादी पुग्दा स्थानिय दंग परेका छन् ।
खानेपानीबाट समस्या झेल्दै आएका गल्याङ् नगरपालिका वडा नं. १० अधमारवासी नेपाल सरकारका उपप्रधानमन्त्री गाँउ आउदा अत्यन्तै खुशी देखिएका थिए । सरकारका उच्च अधिकारी र कुनै पनि सांसद अहिले सम्म अधमारा गाँउमा भोट माग्न समेत पुगेका थिएनन् । तर उपप्रधानमन्त्री तथा उम्मेदवार बनेका श्रेष्ठले अधमारावासी सगँ भोट माग्ने पहिलो उमेदवारका रुपमा चिनिएका छन् । अधमारावासीको एउटै मात्र माग हो हामीलाई खानेपानी र पक्की सडक ।
अधमारा गाँउ मगर बस्ती भएको ठाँउ हो । अधमारावासी सगँ भोट माग्दै उपप्रधानमन्त्री श्रेष्ठले भने मलाई जिताउनुहोस तपाईहरुका सबै काम म गरिदिने छु । सरकारका उपप्रधानमन्त्री यसो भन्दा अधमारावासी अत्यन्तै हर्सित भएको गल्याङ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष धुव्रशर्मा पंगेनीले बताए । स्याङ्जा मात्रै नभएर मुलुककै नेता र विकास प्रेमीका रुपमा चिनाउन सफल भएका श्रेष्ठ भोट माग्न अहिले जनताको घरदैलोमा व्यस्त छन् । जनताको घरदैलोमा भोट माग्न पुगेका श्रेष्ठले मलाई अव उज्यालो स्याङ्जा देख्न रहर छ । स्याङ्जाको विकासमा अग्रणी भुमिका खेल्दै आएका श्रेष्ठलाई स्याङ्जावासीले विकास प्रेमी नेताको रुपमा चिन्ने गर्दछन् । हरेक गाँउमा पुग्ने सडक देखि लिएर आँधीखोला, ज्याग्दी खोला, दरौ खोला र कालीगण्डकीमा पुल बनाउने काम श्रेष्ठले नै गरेका छन् । दुई गाँउ र दुई जिल्लालाई जोड्ने नेता श्रेष्ठ पटक पटक स्याङ्जावासीको माया पाएका छन् ।
स्याङ्जा क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनमा ६ जनाले उमेदवारी दिएका छन् । ६ जना मध्ये विपि काँग्रेसका उमेदवारले श्रेष्ठलाई सघाउने भएपछि श्रेष्ठ सगँ ५ जना उमेदवारले प्रतिस्पर्धा गर्दै छन् । श्रेष्ठ भन्छन् मेरो उमेदवारीको तुलनामा अरु कोही नभएको दावी गर्दै जनताको आँखाले मलाई एक नम्वर देखेकोले मेरो जित सुनिश्चित भएको बताउछन् । मुलुकमा कम्युनिष्ट शासन आएमा अधिनायकवादले धकेल्ने आरोप लगाउदै श्रेष्ठले संसारबाटै लोप हुन थालेको कम्युनिष्ट अवको निर्वाचनबाट नेपालबाटै हराउने छ । मंसिर २४ गतेबाट निरन्तर श्रेष्ठ घरदैलो अभियानमा रहेका छन् । जनताको घरदैलोमा पुग्दा जनतामा खुशी छाएको श्रेष्ठले बताए । दुःखसुखको नेता गोपालमान श्रेष्ठ हो भन्दै आफु मुलुकका हरेक नेताहरु मध्ये छुट्टै खालको नेता भएको बताए । ४ पटक मन्त्री बनेका श्रेष्ठ यो पटकको सरकारमा उपप्रधान तथा शिक्षा मन्त्रीका रुपमा रहेका छन् । स्याङ्जावासीले अव श्रेष्ठलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताएका छन् ।