बिर्तामोड । झापाको बिर्तामोडमा मतदाता शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हाम्राकुरा डट कमले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले मतदाता शिक्षा प्रभाबकारी नभएको गुनासो गरेका थिए । जिल्ला निर्बाचन कार्यालय झापाका निर्बाचन अधिकारी गोपाल आचार्य, बिभिन्न सन्चार माध्यमका प्रतिनिधि, सङ्घ सस्था का प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा मतदान गर्दा हुने त्रुटीका बिषयमा समेत छलफल भएको थियो । कार्यक्रममा निर्बाचन अधिकारी आचार्यले मतदाता शिक्षामा आयोगले कुनै कसर बाकी नराखेको बताए । उनले मतदानका क्रममा त्यहाँ खटिने कर्मचारीले कुनै झुक्किने ठाउँ नराख्ने गरी काम गर्ने बताए।
कार्यक्रममा हाम्राकुरा डटकम अनलाइनका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले कार्यक्रममाथि प्रकाश पार्दै जान्ने बुझ्ने भनिने नेता तथा कर्मचारिले समेत मतदान गर्दा मत बिगार्ने गरेको बताए । उनले मतदानको क्रममा स्वस्तिक छाप लगाउँदा, मत पत्र पट्याउँदा, बाकसमा खसाल्दा लगायतका काममा बिचार पुर्याउनु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, प्रेस चौतारीका केन्द्रीय सदस्य तीर्थ सिग्देल, प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका कार्यवाहक सभापति राम कट्टेल, माओवादी केन्द्रका प्रतिनिधि ज्योतिसिंह दर्लामी, नेकपा एमालेका कृष्ण मिश्र, वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, नेपाल उद्यमशील महिलासंघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीलगायतले मतदाता शिक्षामा आफु पनि लाग्ने प्रतिबद्दता जनाए ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मी ले पहिलो चरणको प्रदेश र प्रतिनितिधसभा भन्दा चुस्त र दुरुस्त दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न आयोगलाई सुझाब दिएका थिए ।