जातिय सदभावको लागि प्रतिवद्ध छु – सुरेन्द्रराज आचार्य
प्रकाशित २०७४ मंसिर १७ आइतबार
604
Shares
कपिलवस्तु । नेपाली काँग्रेसका पार्टी सभापति एवं प्रतिनिधी सभा क्षेत्र नं २ का उमेद्धार सुरेन्द्रराज आर्चायले जिल्लाको विकास र जातिय सद्भावको लागी आफु प्रतिवद्ध रहेको बताएका छन् ।
बुद्धभुमी नगरपालिको वडा नं १ पथ्थरकोटमा चुनावी सभालाई सम्वोदन गर्दै आर्चायले यस्तो वताएका हुन् ।
आफु सिंचाई राज्य मन्त्री हुंदा आफ्नो क्षेत्र दक्षिणी रहेतापनि सम्रग जिल्लाको विकासमा योगदान गरेको हुदां सम्रग जिल्लाको विकासको लागी आफु सधै लाग्ने समेत बताए ।
महेन्द्रकोटको पथ्थरकोटमा रहेको नदि नियन्त्रण देखी सिमा क्षेत्र सिंहोखोर खोरीया, कजरहवा हर्दौना सम्मको नदि कटान समस्या समाधानको लागी योजना वनाई कामको सुरुवात गरी योजना संचालनमा रहेको समेत आर्चायले बताए ।
बुद्धभुमी नगरपालिकाको सांसद आफु नभएतापनि सिंचांइ योजना र सडक र पुलहरु निर्माण गरेको हुंदा अव आफ्नो क्षेत्र र गृह नगर भएको कारण थप योगदान दिने समेत सो सभामा आर्चायले जानकारी दिए ।
विगतमा मधेसवादको नाममा केही पक्षले पहाडी तथा थारु समुदायलाई तौलिहवा तथा कृष्णनगर सम्म जान नदिएको उल्लेख गर्दै नेपाली कागें्रसले कहिल्यै पनि मधेसी, पहाडि, जनजाती मुस्लिम जस्ता अभिव्याक्ति नदिएको कारण सधै सवै जातजातिको सम्मान र अवसर दिने बताए ।
विगतमा जातिय दन्द्ध मच्चाएका मानिसहरु अहिले विभिन्न वहानामा मत तान्न विभिन्न आश्वसानको खेती लगाउन खोजेको स्मरण गर्दै आर्चायले त्यस्ता साम्रदायिक द्धन्द्ध भड्काउने जो सुकैलाई जनताले गतिलो जवाफ दिने वताए ।
कागे्रंस सवै जानजातिको पार्टी भएको कारण क्षेत्र नं २ को १ मा प्रदेश सभाको लागी थारु समुदायका उमेद्धार जवाहिरलाल चौधरी र २ मा मधेसी समुदायका उमेद्धार सुधाकर पाण्डेलाई उमेद्धार बनाएको हुंदा सो जनताले आफै बुझेको बताए ।
सो अवसरमा वोल्दै प्रदेश सभाका उमेद्धार जवाहिरलाल चौधरीले जनजाती, आदिवासी, दलित , महिला तथा मधेसी समुदायको हक अधिकारको लागी एकमात्र पार्टी नेपाली कांग्रेस भएको बताए ।
वर्तमान अवस्थामा बाम गठवन्धनको नाममा जनतालाई भ्रम पार्ने पार्टी आएपनि ति पार्टीलाई जनताले मत नदिने बताए । लोकतन्त्रको विकास र स्वतन्त्रताको लागी सवैले काग्रेंसमा मतदान गर्न समेत चौधरीले अपिल गरे ।
सो अवसरमा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, उप मेयर मिरा थारु, वडा अध्यक्ष तिलक वस्नेत,कपिल तिवारी,जगदिश तिवारी, कागे्रंस महाधिवेशन प्रतिनिधी शुभलाल भुषाल, विष्णु गैरे, क्षेत्रिय सचिव अनिल घिमिरे, युवा नेता गगेशनाथ तिवारी, रजत आर्चाय, ढोडे प्रसाद यादव ,महिला नेतृ शान्ति शर्मा, चुमा खनाल, सिता न्यौपाने, सिता वेल्वासे, अनिता वेल्वासे लगायतले लोकतन्त्रको पक्षधर नेपाली कागे्रसमा मतदान गर्न आग्रह गरेका थिए ।
सो अवसरमा नेकपा एमाले परित्याग गरि ३ दर्जन युवा तथा महिलाहरु नेपाली काग्रेंसमा प्रवेश गरेको नेपाली काँग्रेस क्षेत्र नं १ सचिव अनिल घिमिरेले जानकारी दिएका छन् ।