arrow

उपेन्द्र यादवलाई पनि ताकियो बम

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि पनि बम प्रहार भएको छ । जनकपुरमा मधेशी गठबन्धनको सभालाई सम्बोधन गरेर फर्किँदै गरेका यादवलाई लक्षित गरेर बम प्रहार भएको हो । नगराइन र हनुमान नगरबीचमा उहाँको  गाडीलाई लक्षित गरी बम प्रहार भएको हो ।

यादवको गाडी पास भइसकेपछि विस्फोट भएकाले कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोट हुँदा यादवको गाडी करिब ५ मिटर अगाडि बढिसकेको बताइएको छ ।

गृह मन्त्रालयले शनिबार मात्रै पत्रकार सम्मेलन गरेर सुरक्षा रणनीति फेरेको र सुरक्षा व्यवस्था थप कडा बनाएको सुनाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ