काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवमाथि पनि बम प्रहार भएको छ । जनकपुरमा मधेशी गठबन्धनको सभालाई सम्बोधन गरेर फर्किँदै गरेका यादवलाई लक्षित गरेर बम प्रहार भएको हो । नगराइन र हनुमान नगरबीचमा उहाँको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो ।
यादवको गाडी पास भइसकेपछि विस्फोट भएकाले कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोट हुँदा यादवको गाडी करिब ५ मिटर अगाडि बढिसकेको बताइएको छ ।
गृह मन्त्रालयले शनिबार मात्रै पत्रकार सम्मेलन गरेर सुरक्षा रणनीति फेरेको र सुरक्षा व्यवस्था थप कडा बनाएको सुनाएको थियो ।