मधेश र मधेशीलाई लुट्ने व्यक्ति मधेशवादी नेता भएका छन् : रुगंटा
प्रकाशित २०७४ मंसिर १६ शनिबार
407
Shares
वीरगञ्ज। पर्सा क्षेत्र नम्बर १ का लागि नेपाली काँग्रेसका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार अनिल रुँगटाले शनिबार विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को चोर्नीको रामवन र चोर्नी टोलमा घरदैलो गरेका छन् ।
घरदैलो कार्यक्रममा सर्वसाधारण मतदाताहरुको व्यापक सहभागीता रहेको थियो । घरदैलो कार्यक्रम कोणसभामा परीणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रतिनिधी सभा उम्मेदवार अनिल रुगंटाले यो एरिया औधोगिक क्षेत्र नजिक भएको हुनाले धेरै भन्दा धेरै लगानी भित्रयाई उधोग संचालनमा ल्याई युवाहरुलाई रोजगारी दिलाउने र विदेश पलायन बाट रोक लगाउने तर्फ काम गर्ने बताए ।
उम्मेदवार रुगंटाले मधेशको समस्या नेपाली कांग्रेसले मात्र बुझेको बताउदै सविधान संसोधन पनि नेपाली कांग्रेसले नै गर्ने बताए । मधेश आन्दोलनको बेला मधेशीलाई लुटने व्यक्ति आज तपाईहरु माझ मधेशवादी नेता भएर आएको बताउदै उनले त्यस्ता शक्तिहरुसँग सावधान रहन आग्रह गरे ।
उनले अब निर्वाचन पछि अधिकारको कुरा नहुने र विकासको मात्र कुरा हुने बताए । तसर्थ नेपाली कांग्रेसलाई अतयाधिक मतले विजय गराउन उनले आग्रह गरे । कार्यक्रममा प्रदेश सभाका उम्मेदवार रामनारायण कुर्मी , तरुण दलका अध्यक्ष विरेन्द्र पटेल , रामनारायाण पटेल , अलिहसन, सिपाही मिया , नेवि संघका राकेश यादव, दिलीपराज कार्की र राहुल कर्ण लगायतका नेता तथा कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।