arrow

अर्थमन्त्री कार्की भोक्राहाका टोलटोलमा

logo
प्रकाशित २०७४ मंसिर १६ शनिबार
bhokraha.jpg

भोक्राहा । अर्थमन्त्री तथा सुनसरी क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की चुनावी प्रचारको क्रममा भोक्राहा गाउँपालिका पुगेका छन् ।

अन्य क्षेत्रको तुलनामा विकासमा पछाडि परेको यस क्षेत्रमा उनको उपस्थितिले ठूलो आशा जन्माएको छ । मतदाताहरु उनको कुरा सुन्न लालयित छन् । आउने बजेटबाटै आफ्ना बस्तीमा विकासका आयोजना आउनेमा धेरै मतदाता र सर्बसाधरण ढुक्क छन् ।चुनावी प्रचारका क्रममा अर्थमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की भोकराह ४ स्थित चिरौली चोक भुटाहा पुगेका थिए ।


मन्त्री कार्कीले आफू निर्बाचित भए पाँचबर्ष भित्रमा भोकराहको समग्र मुहार फेर्ने बताए । उनले भने, म बिकास गर्न आएको हो यदि गर्न नसके यहाँका जनताको जस्तोसुकै सजाय भोग्न तैयार छु । सुनसरी खोलामा पक्की बाँध निर्माण गरी सिंचाईको सुविधा उपलब्ध गराउने समेत बताए अर्थमन्त्रीको चुनावी प्रचारलाई भव्य बनाउन शुक्रबार भोक्राहामा स्थानीयले स्वस्फूर्त रुपमा मोटरसाईकल र्याली पनि निकालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ