मधेशको हकमा काम गर्ने पार्टी कांग्रेस नै हो : नेता रुगंटा
पर्सा क्षेत्र नम्बर १ मा रुँगटाको व्यापक समर्थन
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
649
Shares
वीरगंज । पर्सा जिल्ला प्रतिनिधी सभा क्षेत्र नं.१ को प्रभात वैठक शुक्रबार विहान वीरगंज महानगरपालीका वडा नं. ३२ को टेढामा सम्पन्न भएको छ ।
क्षेत्र नं.१ को प्रतिनिधी सभा का उम्मेदवार अनिल रुगंटाले वैठकलाई सम्वोधन गर्दै अब देशमा संविधानलाई कार्वानयन गर्न र मधेशी जनतालाई अधिकार सम्पन्न बनाउनलाई नेपाली कांग्रसमा मत दान गर्नु पर्ने वताए । मधेशी को नाम मा भोट मांग्नेहरुले मधेशको हितमा काम गर्न नसक्ने र जहिले पनि मधेशको हक अधिकार को कुरोमा नेपाली कांग्रेसले नै अवाज उठाउदै आईरहेको कारण नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कांग्रेसलाई मतदान गर्न आग्रह गरेका थिए ।
त्यस्तै पर्सा रुँगटाले शुक्रबार विरगञ्ज महानगरपालिका वडा नम्बर ८ को गहवामा घरदैलो गरेका छन् ।
प्रभात बैठकमा प्रदेश सभा सदस्यका उम्मेदवार रामनारायण कुर्मी, नेपाली कांग्रेसका पर्सा सभापति अजय द्धिवेदी , तरुण दलका अध्यक्ष विरेन्द्र पटेल, ने.वि. संघका दिलीपराज कार्की र वडा नं. ३१ का वडा अध्यक्ष चुमन चौधरी लगायत स्थानिय नेपाली कांग्रेसका अगुवा कार्यकर्ता तथा नेताहरुको उपस्थीती रहेको थियो ।