सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्णबहादुर खड्काले शुक्रबार भेरीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा पुगेर मतदाताहरुसंग भेटघाट गरेका छन् ।
भेटघाटका क्रममा खड्काले आफूले चुनाव जितेमा छिन्चु खोलामा तटबन्ध गरी वस्तीमा बाढीले क्षती हुनबाट बचाएको र सोही खोलाबाट नै लिफ्ट गरेर आयोजना निर्माण गरी छिन्चुका जनतालई खाने पानीको सुविधा उपलब्ध गराएको बताए ।
छिन्चुको झिलमिलेदेखि मैनतडा, मेहलकुना, दहचौर, गुमी, लेखफर्सा, दशरथपुर र रामघाट हुँदै चक्रपथ निर्माण गरी भेरी किनारमा रहेका लेकवेशी, भेरीगंगा र गुर्भाकोट नगरपालिकालाइ जोडेर नगरवासीलाइ यातायातको सहज पहुँचमा पुर्याउने प्रतिबद्धता जनाए ।