arrow

मुलुकलाई सम्बृद्धितर्फ लैजान कांग्रेसको विजय आवश्यक : आरजु

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
aarju_deuba_-_Copy.jpg

धनगढी । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ डा. आरजु देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाएर लोकतन्त्रको रक्षा गर्दै समृद्धिको अभियानलाई सफल बनाउन मतदातालाई आग्रह गरेकी छिन् ।

बोकटानी समाजले शुक्रबार धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ देउवाले मुलुकको हरेक महत्वपूर्ण परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको भन्दै मुलुकलाई सम्बृद्धितर्फ लैजान कांग्रेसको विजय आवश्यक रहेको बताइन् ।

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका लागि कैलाली क्षेत्र नं ५ बाट उम्मेदवारसमेत रहेकी नेतृ देउवाले कम्युनिष्टले मुलुकमा सर्वसत्तावाद लाद्ने योजनाअनुरुप गठबन्धन गरेको आरोप लगाइन्। उनले कांग्रेस जनताका लागि काम गर्ने तर एमाले माओवादी कार्यकर्ताको काम मात्र गर्ने पार्टी भएकाले पनि जनताको पार्टी कांग्रेसलाई विजयी गराउनु पर्ने बताइन् ।

५० वर्षसम्म हामी शासन गर्छौं भनेर गर्जिरहेका बाम गठबन्धनका नेताहरूको देशलाई दलीय निरङकुसतामा लैजाने सडेन्त्र भएकाले सबै जनता चनाखो हुनुपर्ने बेला आएको देउवाले बताइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ