arrow

‘गाँउको मुहार फेर्न नेपाली काँग्रेस’

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार

पाल्पा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नम्वर २ प्रतिनिधि सभाका उम्मेदवार हरि प्रसाद नेपालले  लोकतान्त्रिक पार्टीको नेतृत्वबाट नै गाँउको मुहार फेरिने बताएका छन् । गाँउको विकास नभए सम्म देश विकास संभव नरहेको भन्दै आफ्नो उम्मेदवारी गाँउको विकासका लागी भएको बताएका छन् ।

नेपालले आफु यस क्षेत्रमा पहिले पनि निर्वाचित भएर गए पछि छोटो समयमा उल्लेख्य विकास गरेको स्मरण गर्दै पुनः निर्वाचित भए  पछि अधुरा योजना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधवार रैनादेवी गाँउपालिकाको भुवनपोखरीमा चुनावी सभालाई सम्बोधन गर्दै नेपालले सडक, विद्युत, सिचाँई, शिक्षा, स्वास्थ्यको विकास साथै जिल्लाको एकीकृत विकासका लागि आफुले विजयी भए पछि पहल गर्ने बताए।  

नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले गा्रमीण क्षेत्रको विकासका लागी नेपाली काँग्रेसले निर्वाचन जित्नु अपरिहार्य रहेको बताए । सदस्य पन्तले जिल्लाका विभिन्न क्षेत्रमा एमालेले पटक पटक निर्वाचन जित्दै आए पनि विकासले गति लिन नसकेको भन्दै गा्रमीण क्षेत्रको मुहार फेर्न नेपाली काँग्रेसलाई मत दिन मतदाता समक्ष आग्रह गरे ।

प्रदेश सभा क्षेत्र नम्वर २ ख का उम्मेदवार राम कार्कीले लोकतन्त्रमा सवै वर्ग र समुदायको अस्तित्व कायम रहने भएकाले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसलाई साथ दिन मतदातालाई आग्रह गरे । नेपाली  काँग्रेस क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति रामबहादुर कार्कीले बामगठबन्धन  विकास नभएर विनासको जरो रोप्ने गठबन्धन भएकाले  समयमै विचार गरि नेपाली काँग्रेसलाई साथ दिन आम मतदातालाई आग्रह गरेका छन् । शिक्षा विद् डा. रामप्रसाद ज्ञवालीले देशमा जनताको सच्चा  , इमान्दार पार्टी  नेपाली काँगे्रस भएको बताए ।

उनले भने  नेपाली काँग्रेस रहे लोकतन्त्र रहने भएकाले लोकतन्त्रको पक्षमा जनताहरु आउनुपर्ने मा जोड दिए । सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सचिव अजयमान कर्मचार्य, महासमिति सदस्य हिमालदत्त श्रेष्ठ, क्षेत्र नम्वर ३ का क्षेत्रीय सदस्य शंकर रायमाझी, रैनादेवी गाँउपालिकाका प्रचार प्रसार समिति संयोजक रुग्माङगत भट्टराई लगायतले बोल्दै देश को शक्ति नै लोकतान्त्रिक पार्टीमा अडिएकोले अबको नेतृत्व लोकतान्त्रिक पार्टीको पक्षमा आउने भएकाले मतदातालाई नेपाली काँग्रेसलाई बहुमतले विजयी  बनाउन आग्रह गरेका छन् ।   
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ