arrow

जनता कांग्रेसलाई मतदान गर्न व्यग्र प्रतिक्षामा छन् – नारायण खड्का 

logo
प्रकाशित २०७४ मंसिर १५ शुक्रबार
khadka_photo.jpg

उदयपुर । उदयपुर जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का नेपाली कांग्रेसका उमेद्वार डा नारायण खड्काले उदयपुरवासी आम जनता नेपाली कांग्रेसलाई मतदान गर्न मंसिर २१ गतेको व्याग्र प्रतिक्षामा रहेको बताएका छन् । 

कांग्रेसका उमेद्वार बिरुद्ध वाम गठबन्धनका नाममा जतिसुकै झुठो प्रचार गरे पनि जनताले त्यसलाई बिश्वास नगर्ने उनले बताए ।
“ निर्वाचनमा पराजय हुने बुझेपछि गठबन्धनमा आवद्ध भन्ने केही व्यक्तिहरु पत्रिकालाई पर्चामा परिणत गरेर जनतालाई भ्रम छर्न उद्धत भएका छन्” डा खड्काले भने,“तर त्यसलाई जनताले पत्याउनेवाला छैनन् ।”जतिसुकै झुठो प्रचार गरेपनि आफुले विगतमा गरेका कामको जनताले मुल्यांकन गरिरहेको उनले बताए ।

“एमालेले लगातार ३ पटक जितेर जाँदा के दिएको थियो ? र म जितेर गएपछि के के काम भए त्यो जनतालाई राम्रोसँग थाहा छ ” उनले भने,“ त्यसैले मेरा बिरुद्ध जतिसुकै भ्रम सृजना गरिएपनि जनताले पत्याएका छैनन् र पत्याउँदैनन् ।” 

आफु भन्दा अघि यस क्षेत्रबाट जितेर जाने व्यक्तिहरु अहिले जनताको भनाई र गाली खाने डरले भोट माग्न समेत जान नसकिरहेको उनको भनाई छ ।
“ जनतालाई ढाँटेर सत्तामा पुग्ने र जनता बिर्सनेहरुको हालत यस्तै हुन्छ ” उनले थपे,“ मैले जे बोलेको छु त्यो गरेको छु, र जे सक्छु त्यो मात्र बोल्छु ।” 

कसले के गर्यो र कति गर्यो भन्ने कुरा आम जनताले मुल्यांकन गर्ने विश्वासका साथ जनतासामु पुगिरहेको डा खड्काले बताए । 
“जनताको बृहत्तर हित हुने योजना अगाडि सारेर उहाँहरुको घरदैलोमा पुगिरहेको छु” डा खड्काले भने,“ सवैबाट सकारात्मक जवाफ पाएकोले मलाई थप उर्जा प्राप्त भएको छ ।” निर्वाचनपछि यो उर्जालाई अझ जनताप्रति समर्पित गर्ने उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ