arrow

समृद्ध अछाम निमार्ण कांग्रेसबाट मात्रै सम्भव

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Achham_1_(2).jpg

अछाम । नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारले समृद्ध अछाम निर्माणको सपना कांग्रेसबाट मात्रै सम्भव भएको बताएका छन् । अछाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका सभापति स्वारले अछामबाट निर्वाचित भएकाहरूले पछिल्लो दश वर्ष विकासका नाममा सिन्को समेत नभाँचेको दोहोर्‍याए ।
 
बिहीबार अछामको चौरपाटी गाउँपालिकाको गैरिलेखमा आयोजित विशाल चुनावी सभामा सभापति स्वारले जिल्लाको विकास लागि रत्तीभर काम नगर्नेहरूले जनतासंग मत माग्ने अधिकार पनि नभएको बताए । उनले वर्षेनी कामको खोजीमा हजारौंको संख्यामा विदेशीने युवाहरूलाई लक्षित गरी रोजगारी सिर्जनाका लागि दीर्घकालीन योजना लागू गरिने बताए ।
 
‘हामीलाई विश्वास गर्नुहोस्, हामी तपाईंहरूको विश्वासलाई क्षय हुन दिनेछैनौ’ उनले समग्र अछामको तीब्र आर्थिक समृद्धिको जनताको सपना र आकांक्षा पुरा गर्न आफूहरू सधैं सजग र तत्पर रहेको बताए ।  कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार मेघराज खड्काले चौरपाटी र साँफेबगरलाई विकासको नमुना क्षेत्र बनाइने बताए ।
 
चुनावी सभामा पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्व राजदूत बलबहादुर कुवर महासमिति सदस्य राजन कुँवर, महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार, नेविसंघका केन्द्रिय उपाध्यक्ष पुष्पकुमार शाही, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रामबहादुर कुवर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ