arrow

कांग्रेसमा प्रवेश गर्नेहरूको लाग्यो ताँती

माओवादीका दलित नेता विक सहित २० जना कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार

धनगढी । माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्यसहित २० जना बिहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १, शान्तिनगरका मोर्चाका केन्द्रीय सदस्य लालबहादुर विक सोही टोलका २० जना माओवादी तथा एमाले कार्यकर्ता कांग्रेसमा प्रवेश गरे।
 
त्यसैगरी, नयाँशक्तिका केन्द्रीय सचिवालय सदस्य गजेन्द्रबहादुर बिष्ट, राप्रपा नेतृ मथुरा सिंह एमालेबाट धनगढी–४ मा वडा सदस्य उम्मेदवार लक्ष्मी भट्टराई लगायत पनि बिहीबार नै नेपाली कांग्रेसमा प्रवेश गरे। उनिहरूलाई धनगढीमा आयोजित कार्यक्रममा कांग्रेस नेतृ तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजु राणा देउवाले स्वागत गर्नुका साथै पार्टी सदस्यता वितरण गरे ।

‘माओवादी र एमालेले जहिले पनि दलित, गरिब, सिमान्तकृत समुदाय, पिछडिएका वर्ग, समुदायको हित गर्ने भनेर कोरा आश्वासन मात्रै बाड्ने काम गरे’ कार्यक्रमा लालबहादुरले भने– तर, यथार्थमा कांग्रेसले मात्रै पछाडी पारिएका वर्ग र समुदायको उत्थानका लागि काम गरेको रहेछ ।

पछिल्ला केही सातायता कैलालीका विभिन्न क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस परित्याग गर्ने क्रम ह्वात्तै बढेको छ । केही दिनअघि धनगढी उपमहानगरपालिकामा गत स्थानीय निवार्चनमा माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार रामसमझ राना सहित एक हजार बढी कांग्रेसमा प्रवेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ