जिल्ला पार्टी नेतृत्वसँग कुनै गुनासो नरहेको कमालको प्रष्टिकरण
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
395
Shares
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुका लोकप्रिय युवा नेता तथा पूर्व सांसद अत्तहर कमालले जिल्ला पार्टी नेतृत्व संग आफनो कुनै गुनासो नरहेको प्रष्ट पार्नुभएको छ । बिहिबार पकडीमा सम्पन्न चुनावी कोण सभालाई सम्बोधन गर्दै कम्युनिष्ट गठबन्धनले आफू र अन्य कांग्रेसका उमेदवारहरुसंग तिक्तता पूर्ण सम्बन्ध रहेको भनी दुस्प्रचार गरिरहेको उनले बताए ।
नेपाली कांग्रेस शिर्ष नेताहरुले नै कपिलवस्तुको आम सभामा सांसद भैसकेको घोषणा गर्नुलाई स्वागत गर्दै कपिलवस्तुका सवै क्षेत्रमा कांग्रेस विजयी भए मात्रै सो पदका लागि आफु हकदार हुने जनाए । नेपाली कांग्रेस प्रचार प्रचार संयोजक समेत भएका नाताले उनले कुनै पनि दुस्प्रचारहरुका पछाडी नलाग्न आम मतदातालाई आग्रह गरे।
प्रतिनिधी सभा क्षेत्र नम्बर १ कपिलवस्तुका उमेदवार दीप कुमार उपाध्यायले प्रदेश नम्बर ५को राजधानी बनाउने विषयमा नेकपा एमाले भित्रै विवाद रहेको उल्लेख गर्दै पूरा गर्न नसक्ने आस्वाशन जनता सामू बाड्दै झुठको खेती गरिरहेको भन्दै कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।
नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष मौलाना हारुनले कम्युनिष्ट शासन आएमा मुस्लिम लगायतका विभिन्न धर्ममाथी आघात पुग्ने दावी गरे । यस्तै प्रदेश सभा २ का उमेदवार राजेश आचार्यले आफू विजयी क्षेत्र नम्बर १ को विकाशका लागि पर्ने प्रतिवद्धता व्यक्त गरे।