arrow

चौतर्फी विकासकालागि मेरो उम्मेदवारी : नेता कण्डेल

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
kandel_nawalparasi1.jpg

नवलपरासी ।  नेपाली कांग्रेसका नेता एवम् नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम निर्वाचन क्षेत्र नं.२ प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेल(मुन्ना बाबु) ले यस क्षेत्रको चौतर्फी विकासको एजेण्डा अघि सारेर आफ्नो उम्मेदवार बनेको स्पष्ट पारेका छन्  । पूर्व गृहराज्य मन्त्री समेत रहेका कण्डेलले बिहीबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित प्रचार प्रसारको क्रममा पाल्हीनन्दन गाउँपालिकामा १ महेशपुरमा आयोजित बृहद कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्  ।

सो क्रममा नेता कण्डेलले संविधानको प्रभावकारी कार्यान्वयनसँगै यस क्षेत्रको भौतिक पुर्वाधार निमार्ण, सडक शिक्षा, स्वास्थ्य, खानेपानी, लगायत विकासका एजेण्डा सहित जनताको माझ आएको दाबी गरे । मतदाताहरुले यस अगाबै पटक पटक गृहराज्य मन्त्रीको भुमिकामा रहँदा यस क्षेत्रमा कण्डेलले गर्दै आएको कामको उचित मुल्यांकन गर्दै यस पटक समेत कण्डेललाई जनताको काम गर्ने अवसर दिने प्रतिबद्धता जनाएका थिए । चुल्लाही प्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रमा पार्टीका कार्यवाहक सभापति अर्जुन कुमार पोखरेल, नेपाली कांग्रेसका नेता अनिल गौड, पुर्व सांसद शकर पाण्डे, नेपाली कांग्रेसका सहसभापति सुवासचन्द्र गिरी, निर्वाचन परिचालन बुद्धिजीवी समितीका संयोजक राजेश्याम पाठक लगायतले बोलेका थिए  । सो अवसरमा बिभिन्न दल परित्याग गरी  करिब  दुई सय नेपाली कांग्रेसमा प्रवेश गरेका थिए  । 

यसैबीच निर्वाचन क्षेत्र नं २ रामग्राम १३ पाडानिकटमा समेत बिहीबार चुनाब प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको छ । भगौती यादवको अध्यक्षतामा तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेललको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति एव्ां्म रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता  ,  लगायतले बोलेका थिए । सो क्रममा बिभिन्न दल परित्याग गरी २७० जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

यसैबीच निर्वाचन क्षेत्र न.२ पाल्हीनन्दन ५ गेर्मा चोकमा कोणसभा सम्पन्न भएको छ । ओम प्रकाश गुप्ताको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेललको प्रमुख आथित्यतामा  भएको सो कार्यक्रममा प्रदेश सभा उम्मेदवार बैजनाथ जयसवाल, प्रमोद शर्मा, नेपाली कांग्रेसका सहसभापति सुवासचन्द्र गिरी, निर्वाचन परिचालन बुद्धिजीवी समितीका संयोजक राजेश्याम पाठक लगायतले बोलेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ