arrow

बाँके १ मा वाम गठबन्धनलाई चोट, माओवादी पूर्व कमाण्डरसहित सयौ कांग्रेस प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Party_Prabesh_1.jpg

नेपालगन्ज(बाँके) । बाँकेको क्षेत्र नम्बर १ मा वाम गठबन्धनलाई ठुलो झड्का लागेको छ । माओवादी केन्द्रका प्रभावशाली नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेपछि उक्त गठबन्धनलाई झड्का लागेको हो ।

माओवादी केन्द्रका जिल्ला सदस्यहरु नगेन्द्र शर्मा, प्रेमबहादुर थारु(अमृत) माओवादीका पुर्व जनमुक्ति सेना हरिराम थारु लगायत सयौं व्यक्तिहरु बिहिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसमा प्रवेश गरेका अधिकांश व्यक्ति माओवादीले आफ्नो आधार क्षेत्र मान्ने राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी हुन् । त्यसक्षेत्रमा आयोजित एक कार्यक्रमका बीच राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् नेपाली कांग्रेसका जिल्ला सदस्य लाहुराम थारु लगायतले नवप्रवेशीलाई रुख चिन्ह प्रदान गरेर पार्टी प्रवेश गराएका छन् ।  

नेपाली कांग्रेसमा प्रवेश गरिसकेपछि पुर्वजनमुक्ती सेना थारुले माओवादी पार्टीको आयु अब धेरै नभएको बताए । “जुन उद्देश्य बोकेर हजारौं नेपालीका छोराछोरीलाई माओवादीले युद्धमा सहभागी गराएको थियो, अहिले उसले ती सबै कुरालाई बिर्सेर एमाले जस्तो सिद्धान्त विहिन पार्टीसँग कुम जोडेर हिडिरहेको छ, यो माओवादीको सिद्धिने संकेत हो” उनले भने ।

पार्टी प्रवेश गरेकाहरुले लोकतन्त्र रक्षाका लागी आफुहरु नेपाली कांग्रेसमा आएको बताउँदै आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सबैलाई आग्रह गरेका छन् ।

माओवादीका प्रभावशाली स्थानीय नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेपछि बाँकेको क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट प्रतिनिधी सभा उम्मेदवार महेश्वरजंग गहतराज र प्रदेश सभा–१ ‘क’ का उम्मेदवार कृष्णा केसीलाई ठूलो झड्का लाग्ने स्थानीय स्तरमा चर्चा चलेको छ ।

क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार माधवराम खत्री, प्रदेश सभा–१ ‘क’ मा शरदचन्द्र बर्मा र प्रदेश सभा–१ ‘ख’ मा नारायणप्रसाद गौडेल मैदानमा छन् । चुनाव नजिकिदै गर्दा उक्त क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आफ्नो माहोल तत्ताईरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ