झापा ३ मा जनताले राजावादी रोज्छन् कि गणतन्त्रवादी ?
हामी कसलाई मतदान गर्न गइरहेका छौं ?
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
394
Shares
भद्रपुर । झापा क्षेत्र नं. ३ को आगामी मंसीर २१ गते हुने प्रतिनिधिसभा चुनावमा लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि ज्यानको बाजी लगाएर लडेका नेता कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र जीवनभर सक्रिय राजतन्त्रका लागि पञ्चायत इतर शक्ति कांग्रेस, कम्युनिष्टका बिरुद्ध घोर दमन नीति लिदै अपार राजभक्ति देखाएर हिडेका कमल थापा नेतृत्वको राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन चुनावी संग्रममा छन् ।
यहां सिटौलाले यस अघि पटक पटक चुनाव जित्दै आएका हुन् । लगातार हार्दै आएका लिङदेनलाई यस पटक भने बाम गठबन्धनले पञ्चायतकाल र राजा ज्ञानेन्द्रको शाही शासनकालको बर्बर दमनलाई बिर्सदै समर्थन गरेको छ । कांग्रेसका शीर्ष तहमा रहेका नेता सिटौला र राप्रपालाई राष्ट्रिय पार्टीको रुपमा खडा गराउने आशाका रुपमा हेरिएका लिङदेनबीचको चुनाव सर्वत्र चासोका साथ हेरिएको छ ।
पञ्चायती ब्यवस्थाको अन्त्य गरी बहुदली प्रजातन्त्रको स्थापना गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त बाममोर्चा सम्लित जनआन्दोलनका क्रममा ०४६ साल चैत १४ गते मेची क्याम्पसमा पञ्चायतको पुतला दहन गर्ने क्रममा लिङदेनले नेतृत्व गरेको मण्डले जत्थाले छुरा प्रहार गरी शहीद राम थापाको हत्या गरेको थियो ।
आन्दोलनका क्रममा २०४६ चैत १४ गते सिटौला निवासमा भेला भएका युवा बिद्याथीलाई निरङ्कुश, फासिष्ट पञ्चायती ब्यवस्था फाल्ने आन्दालनको नेतृत्व लिएका सिटौलाले नै पञ्चायतको पुतला दहन गर्ने निर्देशन दिएका थिए । बिद्यार्थीहरुले मेची क्याम्पस हातामा पञ्चायतको पुतला डढाउन लाग्दा तत्कालिन पञ्चायती फासिष्ट सत्ताले पालेका मण्डले जतथाले राजेन्द्र लिङदेनको निर्देशनमा निहत्था बिद्याथी रामजी थापा र मोहन महर्जनलाई छुरा घोपेर गम्भिर घाइते बनायो । घाइते थापाको तत्काल निधन भयो भने महर्जन उपचार पछि बांच्न खसफल भए ।
हत्याको अभियोमा पक्राउ परेर थुनामा बसेका लिङदेनलाई पार्टीले समर्थन गर्दै उम्मेदवारी नदिएकोमा एमाले र माओवादीका संघर्षशील कार्याकर्ता तथा लोकतन्त्रका लागि संघर्ष गरेका जनतामा चरम असन्तुष्टि रहेको हुदा आफ्नो जित सुनिश्चित रहेको सिटौलाको ठम्याइ छ ।
आफ्नो प्रतिष्पर्धा एमाले र मओवादीसंग नभएको, सूर्य र हसिया हथौडा चुनाव चिन्हसंग प्रतिष्पर्धा नभएपछि परिवर्तनकारी जनताले परिवर्तन बिरोधीलाई भोट दिन्छन भन्ने कुरामा आफूलाई बिश्वास नभएको सिटौलाले बताउदै आएका छन् ।
२०४६ सालको जन आन्दोलन, २०६२-०६३ को लोकतान्त्रिक आन्दोलनमा संगै काम गरेका, संगै जेल नेल भोगेका जनआन्दोलकारी बामपन्थी साथीहरु र परिर्वतनकामी यहांका जनताले आफ्नो प्रतिनिधि कस्तो चुन्ने भन्ने बिषयमा शहीद राम थापा, सुरज बिशवास र राजन गिरीलाई साक्षी राखेर, आफ्नो अन्तर आत्मालाई सोधेर मतदान गर्नेछन् भन्नेमा सिटौला पूर्ण विश्स्त रहेका छन् ।
२०६१ माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ता हातमा लिएपछि राजेन्द्र लिङदेन झापा जिबिसको टिके सभापतिमा ज्ञानेन्द्र शाहद्वारा मनोनित भएका थिए । त्यसताका झापाको सेना, प्रहरी र प्रशासनको नेतृत्वले लिङ्देनको इशारामा कांग्रेस र कम्युनिष्टका कार्यकर्तालाई पक्राउ गर्ने, आत्मसमर्पण गराउने, नमानेमा क्रुर यातना दिलाउने जनबिरोधी र मानवअधिकारको घोर उलङ्घन गरेका थिए ।
मानवता बिरुद्धको कुकर्म र अपराधमा संलग्न भएको ठहर गर्दै नेपाल वार एशोसिएसन र नेपाल पत्रकार महासंघ झापा शाखाले २०६२/०६३ को लोकतान्त्रिक जनआन्दोलनको सफलतासंगै निरङ्कुश शाही शत्ताका मतियार राजेन्द्र लिङदेन, शेनाका कर्णेल सुरेश कार्की लगायतका अत्याचारीहरुलाई जनआन्दोलन र स्वतन्त्रता बिरोधी शाही मतियार ठहर गर्दै कालो सूचीमा नाम समावेश गरेर जनताका बीचमा सार्वजनिक गरेका थिए ।
बिसं. २०६३ बैशाख ०६ गते चन्द्रगढीमा भएको विशाल जनप्रर्दशनमा जनदमन गर्न सेना, प्रहरी र सिडिओलाई दवाव दिने दमनकारी शाही मतियार लिङदेनलाई लोकतन्त्रका लागि कुटाई पिटाइ खाएका परिर्वतनकारी जनताले मतदान गर्नै नसक्ने झापाका आन्दोलनकारी जनताको अभिमत आफूले पाएको सिटौलाको भनाई छ । उक्त दिन २०६३ बैशाख ६ गते भएको बर्बर शाही दमनमा परि राजन गिरी र सुज बिश्वासको निधन भएको थियो भने सयौं निहत्था प्रदर्शनकारी सेनाले हानेका गोली लागेर घाइते भएका थिए ।
वीर झापाली शहीदका खुनी हत्यारालाई जिताएर लोकतन्त्रका लागि ज्यानको बाजी लगाएको नेतालाई हराउने भन्ने कुरा ३ नं. क्षेत्रका जनताको स्वभिमान, इज्जत र प्रतिष्ठासंग जोडिएको बिषय भएकोले आफ्नो जीतमा शान्ति प्रक्रियाका साथी सिटौला पूर्ण विश्वस्त देखिन्छन् ।
हुलाकी मार्गको लागि बजेट छुट्याई सडक निर्माणको काम भइरहेका,केचना चारआली मेची लोकमार्ग, भद्रपुर -बिर्तामोड चारलेन सडकाको काम सुरु भइसकेको, चन्द्रगढीमा सुविधासम्पन्न बहुउपयोगी गिरिजाप्रसाद स्मृति सभागृको निर्माणकार्य प्ररम्भ भइसकेको, बिद्युत , खानेपानी, बिद्यालय भवन निर्माण लगायतका क्षेत्रमा अर्बौ बजेट पारेर काम समेत थालनी भएका कारण स्थानीय बिकास निर्माणमा राष्ट्रियस्तरका योजना पार्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानको सफल कार्यान्वयनका लागि जनताले आफूलाई बिजयी गराउनेमा सिटौला ढुक्क छन् ।
१२ बुंदे समझदारी, विस्तृत शान्ति सम्झौता संविधान मस्यौदा समितिको सभापति भई संविधान निर्माण र समग्र शान्ति प्रक्रियामा सिटौलाले प्र्याएको योगदान र गणतन्त्रको लाइनमा कांग्रेसलाई लैजान गरेको प्रयत्नलाई जनताले भुल्न नसक्नेमा परिर्वतनकारी यहाका जनता पनि विश्स्त नै रहेका छन् ।
उता शहीद राम थापाको हत्याको आरोप लागेका र कम्युनिष्टहरुद्वारा नै गोलधापको आफ्नो घरमा द्वन्द्वकालमा आगजनी गराइएको, बिर्तामोडमा रहेको उनको होटल इष्टर्न प्यालेसमा बम पड्काइएको, मुक्ति चोकमा नङ्गेझार पारेर कालो मोसो र जुत्ताको माला लगाएर बजार घुमाइएको तीतो घटनाको पीडालाई बामपन्थीहरुकै मतले चुनाव जितेर हिजोको अपमानलाई भुल्ने योजनामा रहेका छन् लिङदेन ।
जसको हातबाट हिजो अपमान भोग्नु पर्यो उसैको हातबाट बिजयको माला पहिरिनु लिङदेनको राजनीतिक जीत हुनेमा राप्रपाका कार्यकर्ता उत्साही छन् । लोकतन्त्रमा फरक मत राखेकै आधारमा कसैमाथी यो हदको अपमान गरिनु हुदैन थियो । हिजो भएको त्यो गल्तीलाई सुधार्ने एउटा मौका बामपन्थीहरुलाई समयले जुराईदिएको राप्रपा कार्यकर्तहरुको बुझाई रहेको छ । लिङदेनले भने राजनीतिक मुद्दा भन्दा स्थानीय बिकास निर्मालाई आफूले प्राथमिकतामा राखेर अघि बढेको बताउदै आएका छन् ।