विभिन्न पार्टी परित्याग गरी दुई सय कार्यकर्ता कांग्रेसमा प्रवेश
विकास गर्ने नेता चुन्ने दिन आएको श्रम मन्त्री मंसुर
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
145
Shares
कलैया । श्रम तथा रोजगार मन्त्री एवम बारा क्षेत्र नं. ३ को प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुरले अहिले जनताहरुलाई बलियो नेता चुन्ने दिन आएको बताएका छन् । जितपुर सिमरा उपमहानगरपालिका १७ को जैतापुर र कलैया उपमहानगरपालिकाको २७ को सिस्वा महेशपुरमा बुधबार बेलुकी आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रमा विकास गर्ने नेतालाई चुन्ने दिन आएको र उक्त अवसरको सदुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।
उनले आफु क्षेत्र नं. ४ बाट सांसद हुंदा सिमरामा अस्पतालमा शिल्नयास गरी उद्दघाटन गरेको सुनाए । मन्त्री मंसुरले पथलैयाका स्थानीय बासिन्दाहरुलाई खानेपानीको समस्यालाई हल गर्दै त्यती बेला डेढ करोडमा खानेपानी टंकीको निमार्ण गरेको बताए ।
उनले भने, 'पथलैयाका सुकुम्बासीहरुलाई ईमान्दारिताका साथ लालपुर्जा दिलाएको छु, त्यसैले बलियो उम्मेदवार र विकास गर्ने नेपाली कांग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गर्नुहोस । क्षेत्र नं. ३ बाट २०७० सालमा चुनाव लडेर विजयी भएपछि नेपाली जनताले दिएको जिम्मेवारी संविधान निमार्ण र विकास निमार्णका काम त्यो पनि काम गरेको छु । संविधानमा हिमाल, पहाड, तराई–मधेशका मधेशी, मुस्लिम, दलित, महिला, आदिवासी, जनजाती, पिछडाएका हरेक समुदायको हक अधिकार सुनिश्चितता गर्ने काम गरेको छु ।'
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्र, नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल परित्याग गरी दुई सय १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । सिस्वामहेशपुरमा नेकपा एमालेका सक्रिय सदस्य रामनिवास प्रसाद यादव, रामचन्द्र मंडल, संघीय समाजवादी फोरम नेपालका नागा प्रसाद यादव, भोला प्रसाद यादव, वडा नं. २६ वडा अध्यक्षका प्रत्याशि उम्मेदवार बिनोद ठाकुर, समाजसेवी लालबाबु कुशवाहा, दिनेश यादव सहित ६० जना प्रवेश गरेका हुन् ।
जितपुर सिमरा उपमहानगरपालिकाको १७ जैतापुरमा नेकपा एमालेका भुषण कुमार थिङ्ग, माओवादी केन्द्रका राजु माझी, श्रीराम माझी, कुमार अधिकारी, राप्रपा परित्याग गरी विष्णु बस्नेत, अमृत थिङ्ग तामाङ्ग सहित एक सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई श्रम तथा रोजगार मन्त्री एवम क्षेत्र नं. ३ का प्रतिनिधि सभाका उम्मेदवार फरमुल्लाह मंसुर, क्षेत्र नं. ३ को १ का प्रदेश सभाका उम्मेदवार रामानन्द यादवले अबिर, माला लगाई स्वागत गरेका थिए ।