गच्छदारलार्इ निशाना बनाएर निरन्तर बम प्रहार, बिहीबार ३ जना घाइते
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
388
Shares
इटहरी(सुनसरी) । सुनसरी क्षेत्र नं ३ का नेपाली काँग्रेसका उम्मेदवार बिजय गच्छदारलाईलक्षित गरी राखेको बम बिष्फोट हुँदा इटहरीमा तीन जना घाइते भएका छन् । विष्फोटमा परी एक नावालक सहित ३ जना घाईते भएका छन । स्थानीय धनबहादुर श्रेष्ठ, सम्रिना अधिकारी र नावबलक योवन न्यौपाने घाईते भएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर चिरन्जिबी दाहालले बताएका छन्।
इटहरी ९ मा रहेको भलाद्मी टोलमा रहेको कार्यक्रममा उपप्रधानमन्त्री तथा क्षेत्र नं ३ का उम्मेदवार विजय गच्छदारको श्रीमती निर्मला गच्छदार, क्षेत्रनम्वर ३ क का उम्मेदवार कुमार थापाको श्रीमती शान्ता थापा, राज्यमन्त्री सुमित्रा विश्वास र पूर्व सांसद कल्पना चौधरी लगायत सहभागी हुने कार्यक्रम थियो । नेपाली काग्रेसका महिलाहरुले चुनावी सभा आयोजना गरेका थिए । त्यो सभामा बिजय गच्छदार आउने अनुमानले बम राखिएको हुनसक्ने आशंका गरिएको छ ।
कार्यक्रमस्थल नजिकै वम विष्फोट भएको हो । बमको छर्र्राले नेपाली काग्रेसका जिल्ला सदस्य दिपक ढकालको आखामा पनि चोट लागेको छ । मंगलबार पनि इटहरी १२ को खनार चौकमा आयोजित बिजय गच्छदार सहभागी कार्यक्रममा बम भेटिएको थियो । त्यस बेला सुरक्षाकर्मीले बम डिष्पोज गरेर मानबीय क्षति हुनबाट जोगाएका थिए । बुधबार मात्रै उदयपुरमा काग्रेस उम्मेदवार नारायण कार्कीलाइ लक्षित गरेर थापेको धरापमा परि उम्मेदवार कार्की सहित ४ जना घाइते भएका थिए ।