arrow

'अब आश्वासनले मात्रै पुग्दैन, जसले पानी दिन्छ उसैलार्इ मत’ 

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
parbat_district_map.png

फलेवास, पर्वत । “हाम्रो दल र हाम्रा उम्मेदवार भनी कयौं पटक हामीले  ती नेतालाई भोट दियौं । हामीले दिएको  भोटले  उनीहरुले जिते  तर उनै  हाम्राहरु जितेर गएदेखि गाउँ घुमेकै छैनन्। यसपालिको भोट कसलाई दिने भन्नेमा हामी दोधारमा छौं”, फलेवास नगरपालिका–३ शंकरपोखरीका जितबहादुर विकले भने, “खानेपानीको  धारा सबैका घर–घरमा पु¥याउने  आश्वासन अहिलेको  मात्रै  होइन, त्यो  हाम्रा लागि पुस्तानी नारा भइसक्यो।” 

अहिले  पनि नारामा पानीका धारा सबैले  लिएर आएका छन् निर्वाचन नजिकिँदै जाँदा दल तथा उम्मेदवार भोट माग्न फेरी गाउँ आएका छन् । पानीका  धारा अझै  आएको  छैन। फेरि उही  नारा बोकी उही दलका उनै नेता गाउँ आउन थालेको  विकले  बताए। उनले  भने, “जसले  दिन्छ पानी उसैलाई दिन्छौं भोट।” हाम्रो दल र हाम्रा उम्मेदवार भनी अब हामी हेर्ने  छैनौँ। खानेपानीको  समस्या अहिलेको  होइन पुरानै हो। पानी खाने आशामा बाबु÷बाजेले  उनैलाई भोट दिनुभयो। हामीले  पनि उनैलाई दियौँ। खानेपानीको  आश्वासनले  पुस्तौ बिताएका शंकरपोखरीवासी अझैसम्म आश्वासनमै अल्झिएका छन्। 

“नेता गाउँमा पस्न नपाउँदै  हामीलाई भोट दिनुहोस् । जित्यौँ भने  खानेपानीको  धारा सबैका घर–घरमा पु¥याउछौँ भन्छन् ।” शंकरपोखरी निवासी शारदा शर्माले भनिन्, “भोट बटुल्ने  मीठा कुरा मात्रै  बने  खानेपानीका धारा घर–घरमा।” शंकरपोखरी गाविसभरिका धेरैजसो घरधुरीले  बर्षामा आकासे पानीको भर परी घरघरमा पानीका घैँटा बनाएर हिउँदको समयमा त्यही पानी खान्छन्। एक ग्रागी पानीका लागि बिहान ४ बजे नै  उठ्नुपर्छ। अन्य समयमा दलका नेता गाउँ पस्नै  अप्ठेरो  मान्छन्। जबकि चुनाव आएसँगै दलका नेता तथा उम्मेदवार पानीका नारा लिएर गाउँ पसेकाछन् उही पुराना खानेपानीका धारा सबैका घरघरमा भन्ने  गरेको  उनले  बताइन्। 

स्थानीय तहको  निर्वाचनमा पनि हामीले  खानेपानीको  धारा आउँछ रे  भन्दै  त्यस्ता भोट धेरै  पटक दिएर चित्तबुझाइएकामा अबभने चिन्तन गर्नुपर्ने भएको छ। चुनावी रौनक र उत्साहले  अन्यत्र सबै लाई छोएको  छ तर हामीलाई यसपालिको  चुनावले  उही निराशा दिएको छ। फेरि भोट दिने  हो । उही पानीको  मीठो  सपना देख्ने  हो  । शर्माले  भने , “मनमा उत्साह नभए पनि भोट दिनैपर्छ। अब पानी ल्याइदिनेलाई भोट दिन्छौँ।” खानेपानीको  उचित व्यवस्था नहुँदा नुहाउन, लुगा धुनलगायत विभिन्न काम गर्न गाउँभरिकै मानिसलाई समस्या छ । वस्तुभाउ र शौचालयको  अवस्था उस्तै  छ । पानीको  उचित बन्दोबस्त नहुँदा शौचालय प्रयोगमा आउन छोडेको स्थानीयवासी हर्कबहादुर तिवारीले बताए। अरू गाउँलाई विकास र सेवाले छोएको  छ। हामीलाई न नेताले  चिन्छन् न विकासले  खोज्छ। शरणार्थीको  गाउँ जस्तै  भएर बाँच्नु परेको उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ