arrow

भण्डारीको पहाड तराई जोड्ने चक्रपथ निर्माणको प्रतिवद्धता, ५२ कम्युनिष्ट कार्यकर्ता काँग्रेसमा

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
SUNUL-KUMAR-BHANDARI-70x70.jpg

शिवनगर । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारीले पहाड र तराईलाई जोड्ने चक्रपथ निर्माण गरिने बताएका छन् । 
 
कैलालीको चुरे गाउँँपालिका वडा नम्बर १ को शिवनगरमा बुधबार आयोजित सभामा नेता भण्डारीले कैलालीको अत्तरियाबाट सहजपुर, निगाली र खैराला तथा चौमाला जोड्ने चक्रपथ (रिङरोड) निर्माण गरिने बताए । 

उन“ले भने– यो पहाड र तराई जोड्ने नमुनाको चक्रपथ हुने छ र यसको निर्माणपछि कैलालीको क्षेत्र नम्बर ४ मा आर्थिक गतिविधि तीब्र बन्ने छ ।
 
सहजपुर, निगाली र खैरालासहितको कैलालीको पहाडी क्षेत्रमा रहेको चुरे गाउँपालिका सुन्तला जातको फलफूल उत्पादनका लागि प्रशिद्ध छ भने बन पैदावार, जडिबुटी, अदुवा, दलहन उत्पादनका लागि पनि उत्तिकै उर्बर मानिन्छ । त्यस्तै, यो क्षेत्र पर्यटकीय दृष्टिले निकै उर्बर मानिन्छ ।
 
‘खानीडाँडा, बुडितोला र सहजपुर आन्तरिक तथा बाह्य पर्यटक आमगनका दृष्टिले निकै महत्वपूर्ण मानिएको छ’ नेता भण्डारीले भने, ‘यी क्षेत्रसंग निगाली, शिवनगर, खैराला लगायतलाई जोड्न सकियो भने यो प्रमुख पर्यटक गन्तव्यका रूपमा विकास हुनेछ ।’
 
कार्यक्रममा  प्रदेश सभा सदस्य उम्मेदवार हिरादत्त भट्ट, नेपाली कांग्रेस क्षेत्रीय उपसभापति खेम साउद, तेज खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका ४२ जनालाई नेता भण्डारी तथा भट्टले स्वागत गरेका थिए । 
 
त्यसैगरी बुधबार नै क्षेत्र नम्बर ४ को गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरी र गौरिगंगा नगरपालिको वडा नम्बर ११ को चमरैया, डमारीपुर, शिवपुर, कान्तिपुर, भण्डारपुर र एैठामा टोल भेला तथा घरदैलो कार्यक्रम भएका छन् ।
 
सो अवसरमा माओवादी पार्टी परित्याग गरी १० जना नेपाली कांग्रेसमा प्रवेश गरे ।

चुनावी कार्यक्रममा पूर्व राज्यमन्त्री दीर्घराज भाट, प्रदेश सभा सदस्य उम्मेदवार यज्ञराज चौधरी, महासमिति सदस्य डाक्टर लक्ष्मीराज पाठक, महाधिवेशन प्रतिनिधी वीरेन्द्र भट्ट, क्षेत्रीय सभापति दिनेशराज जोशी लगायत नेपाली कांग्रेसका नगर सभापति सहित नेविसंघ, तरुण दल र महिला संघका पदाधिकारीहरूको सभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ