तनहुँका दुवै क्षेत्रमा कांग्रेसको चुनावी अभियान तीव्र
छाङ्ग पाटनमा नेता भण्डारी
प्रकाशित २०७४ मंसिर १३ बुधबार
496
Shares
दमौली(तनहुँ) । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार शंकर भण्डारीले बुधवार म्याग्दे ५ का विभिन्न ठाउँहरुको घरदैलो सम्पन्न गरेका छन्। म्याग्दे ५ को थाङ्गदी र छाङ्गपाटनमा आयोजित घरदैलो तथा कोणसभालाई संम्बोधन गदै नेता भण्डारीले म्याग्देको समग्र विकासको जिम्मा कांग्रेसले लिने बताए । उनले राज्य संचालनको अनुभव लिएर आएको बताउदै म्याग्दे मात्र नभएर समग्र तनहुँको विकास कसरी गर्ने भन्ने खाका आफुसित रहेको दावी गरे ।
चुनावीसभामा क्षेत्रीय सभापति राजेन्द्रकृष्ण श्रेष्ठ, महाधिवशेन प्रतिनिधिहरु बालकृष्ण घिमिरे, माया देवी राना, म्याग्दे सह संयोजक रामबहादुर अधिकारी, क्षेत्रीय सहसचिव पुर्णचन्द्र घिमिरे, विद्यार्थी नेता गौरव राज राना लगायतकाले सम्बोधन गरेका थिए । बुधबार नै नेता भण्डारीले भिमाद नगरपालिका वडा नं २ को रधुमा मतदाता घरदैलो सम्पन्न गरेका छन्।
विकासमा विभेद गर्दिन : नेता भट्टराई
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार गोविन्द भट्टराईले आफुले कहिलै विकास निर्माणको काममा विभेद गर्ने नगरेको बताएका छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष तरुणदलको महासचिव हुदै कांग्रेसको केन्दीय राजनितिमा आइपुग्दा सम्म आफु कुनै सरकारी लाभको पदमा नपुगे पनि तनहुँको समग्र विकास निर्माणमा सन्तुलन मिलाएको बताए ।
चुनावी प्रचार अभियानका क्रममा भट्टराई बुधबार भानु नगरपालिकाको वडा नं ११ को सिमपानी, व्यास नगरपालिकाको ११ तनहु सुँर व्यास ९ को गजौडे लगायतका ठाउँहरुमा घरदैलोमा पुगेका थिए ।
अम्रेनीमा रघुनाथ
नेपाली कांग्रेस तनहुँका पुर्व सभापति तथा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा २ का उम्मेदवार रघुनाथ पौडेलले तनहुँभित्र भईरहेका अधुरा विकास निमार्णका कामहरुलाई सम्पन्न गर्नका लागि भएपनि नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गरेका छन् । बुधबार व्यास १ को अम्रेनीमा आयोजित चुनावी कोण सभा तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गदै नेता पौडेलले उक्त कुरा बताएका हुन् ।
उक्त घरदैलो तथा कोणसभामा जिल्ला सहसचिव केशबहादुर सुनार, जिल्ला सदस्य खरसिँ दरै, जिल्ला सल्लहाकार रामचन्द्र बस्नेत वडा सभापति महाप्रसाद हड्खले लगायतकाले सम्बोधन गरेका थिए। नेता पौडेल बुधबार नै देवघाट गाउँपालिकाको विभिन्न ठाउँहरुमा घरदैलो तथा कोणसभामा सहभागी भएका थिए।
दगाम भुजिकोटमा प्रदीप
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं २ को प्रदेश सभा (क) का उम्मेदवार प्रदिप पौडेल बुधबार शुक्लागण्डकी नगरपालिका वडा नं २ को पर्यटकिय स्थल दगाम भुजिकोटमा पुगेका थिए । दगाममा मतदाता भेटघाट तथा कोण सभालाई सम्बोधन गदै नेता पौडेलले दगाम र भुजिकोटलाई पर्यटकिय हवका रुपमा विकास गदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्। पर्यटकीय नगरी पोखराबाट नजिक रहेर पनि यस क्षेत्रको पर्यटन विकासमा उल्लेखनीय काम हुन नसकेको प्रति चिन्ता व्यक्त गदै नेता पौडेलले पर्यटकलाई यहाँ आएर एक रात बास बसाई यहाँको संस्कृती संग रमाउने बाताबरण निर्माण गर्ने कार्यक्रम तय गरि लागु गरिने बताए ।
दगामा देखिएको खानेपानी समस्या र मोटरबाटको स्तरउन्नतीका लागि आफुले पहिल गरिरहेको र छिट्टै नै यसको कार्यान्वयन हुने उनले जानकारी दिए। सभामा प्रदेश सभा समानुपातिक उम्मेदवार श्यामकृष्ण मल्ल, क्षेत्रीय सभापति किसान गुरुङ्ग, पुर्व क्षेत्रीय सभापति महेश्वर भट्टराई, महाधिवशेन प्रतिनिधि कृष्णराज पण्डित, क्षेत्रीय सदस्य इन्द्र पौडेल, तरुण नेता सुमन राना, शुन्दरमणी अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
भिमादको १ र २ वडा मा नेता वाग्ले
नेपाली कांग्रेस तनहुँका पुर्व सभापति तथा तनहुँ क्षेत्र नं २ को प्रदेश सभाका उम्मेदवार ध्रुव वाग्ले बुधबार भिमाद नगरपालिका वडा नं १ र २ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । उनले विकासमा पछाडि परेको दक्षिणी क्षेत्रका जनताहरुको जीवन स्तर उकास्न विकासका कार्यक्रम ल्याउने बताए।
वाग्लेले भिमाद वडा नं १ दर्गाङ्ग वडा नं २ को किहुँ, धरमपानी, बेलडाँडा लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । उनका साथमा जिल्ला उपसभापति जितप्रकाश आले, क्षेत्रीय सचिव माधव लम्साल लगायतका जिल्लास्तरीय नेता र स्थानीय कार्यकर्ताहरु प्रचारमा सक्रिय रहेका छन् ।
महिला संघको मतदाता शिक्षा
नेपाल महिला संघ व्यास ७ वडा कार्यसमितिको आयोजनामा व्यास ७ को कलेस्तिमा मंगलवार वडा मतदाता शिक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेका संवद्ध महिला कार्यकताहरुको सहभागिता रहेको थियो । समितिका अध्यक्ष निला घिमिरेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष रेशम गुरुङले ७५ ओटै जिल्लाका जनताले यस निर्वाचनमा तनहुँका जनताले रामचन्द्र पौडेलले कति मतले जिताउछन भनि हेरिरहेकोले यस निर्वाचनमा अधिक मत पार्टीका पक्षमा खसाल्न मतदान शिक्षा अत्यावश्यक रहेको बताए ।
उक्त कार्यक्रममा वोल्दै नेपाली कांग्रेस तनहुँका सहसचिव केशवहादुर सुनारले मतदाता शिक्षा दिदा मत सदर र वदर कसरी हुन्छ भन्ने सिकाउन जरुरी रहेको बताएका छन्। नेपाल महिला संघ तनहुँ अध्यक्ष पवित्रा पौडेलले आसन्न निर्वाचनमा महिलाको हक अधिकारको निम्ति लडने पार्टी नेपाली कांग्रेसलाई जिताउन सवै मतदाताको घरमा पुगेर रुखमा मतदान गर्न सिकाउन आग्रह गरेका थिए। उक्त कार्यक्रममा व्यास ७ का पुर्व वडा सभापति प्रदिप घिमिरे, नेपाल महिला संघ व्यास नगर अध्यक्ष इन्दिरा दरै र नगर सचिव शुशिला भट्टराइ लगायतले बोलेका थिए ।