arrow

कम्युनिष्टहरुको स्वार्थ तुहाउनको लागि काँग्रेसलाई मत : चौरसिया

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
Ajay_chaurasiya._._.jpg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय चौरसियाले बामपन्थीहरुले एकताको नाममा जनतामा भ्रम छरेर भोट लिने प्रपञ्चमा लागकोले सोको पछाडि नलाग्न सर्वसाधारणमा आग्रह गरेका छन् ।

पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको बहुदर माई नगरपालिकाको बैरिया विर्तामा घरदैलो कार्यक्रम पश्चातको कोणसभालाई सम्बोधन गर्दै नेता चौरसियाले नेपाली काँग्रेसलाई नेतृत्वमा ल्याई लोकतन्त्रलाई बचाउनुपर्ने यथार्थ अब नेपाली जनताले बुझिसकेकोले हिमाल, पहाड र तराई चारै तिर नेपाली काँग्रेसले ठूलो बहुमत ल्याउने समेत उनले दाबी गरे ।

घरदैलोका क्रममा आम मतदाताहरुले नेपाली काँग्रेसको इतिहासको बारेमा चर्चा गर्दै नेपालको इतिहासमा नेपाली काँग्रेसको अलग पहिचान रहेको तर अन्य दलहरु नेपाली काँग्रेसलाई बद्नाम गरी आफ्नो स्वार्थ पुरा गर्न लागेकोले तिनीहरुको स्वार्थ पुरा हुन नदिनका लागि एकजुट भई काँग्रेसलाई मत दिनका मतदाताहरुसँग नेता चौरसियाले आग्रह गरे ।

घरदैलो कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय चौरसिया, प्रदेश सभा सदस्य पदका रामरुप कुर्मी, श्याम पटेल, मोतिलाला यादव, पुर्व गाविस अध्यक्ष रामप्रसाद यादव, गोपाल प्रसाद कुर्मी, बहुदरमाईका मेयर नितेन्द्रसाह, पर्सा गढीका मेयर लोकनारायण यादव, नेविसंघका केन्द्रीय सदस्य सुधिर पटेल, विद्यार्थी नेताहरु बद्री तिवारी, रोशन सिह, रन्जित पटेल तथा अन्य जिल्ला, क्षेत्र एवम् गाउँ स्तरीय नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ