arrow

फेरियो प्रचण्डको भोट माग्ने शैली : ‘म जहाँ–जहाँ गयो त्यहाँ अथाह विकास हुन्छ’

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
prachand_new.jpg

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भोट माग्नै शैली फेरेका छन् । छोराको निधन अघि वैचारिक राजनीतिक कुरा बढी गर्ने गरेका दाहालले पुत्रवियोगपछि जनजीविका र विकासतर्फ बोली ढल्काएका छन् ।

बुधबार भरतपुर–२४ को नयाँ बस्तीमा आयोजित सभामा आफु चितवन आउनुको कारण बताउँदै उनले भने, ‘म त्यसै चितवन आएको होइन । मलाई आफ्नै जिल्लाबाट चुनाव लडिदिनु पर्यो भनेर निकै अनुरोधहरु आए । मैले त्यसलाई नकार्न सकिन । किन कि म जहाँ जहाँ गयो त्यहाँ विकास भएको छ । संविधान सभाको निर्वाचनमा म सिरहाबाट चुनाव जिते त्यहाँ अहिले निकै विकास भयो । मधेसमा पनि मेरो उपस्थिति राम्रो रहयो ।’

चितवन आउनुको मूल कारण विकासकै लागि हो । दाहालले अगाडि भने, ‘चितवन आउनुको मूल कारण विकासकै लागि हो । नयाँ र समृद्ध चितवन मेरो लक्ष्य हो ।’ म सिरहा जाँदा अथाह विकास भयो ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा २५ शय्याको अस्पता बनाउने, भ्यु टावर बनाउने प्रचण्ड मार्गको स्तरोन्नति गर्ने बताए । घरदैलो हिड्दा आफुले पाँच सात दिन आएको धुलोले हैरान भएको सुनाउँदै उनले भने, ‘म पाँच सात दिन हिँड्दा त हैरान भए । तपाईहरु जहिले यही धुलोमा हुनुहुन्छ । सबै भन्दा पहिले बाटो पीच हुन्छ ।’  

यस्तै, उनले तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुन लागेको बताए । उनले भने, “वाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुसी छैनन्, देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेस भित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्तिहरु पनि खुसी छन् । नेपालमा राजनीतिक अस्थिरताको युगको अन्त्य हुँदैछ, तमसुक गरेर सरकार फेर्ने परिपाटीको अन्त्य हुँदैछ ।”

उनले अस्ति १० गते ३२ जिल्लामा पहिलो चरणको चुनाव सम्पन्न भएको र ती जिल्लाहरुमा बाम गठबन्धनको दुईतिहाई भन्दा बढी मत आएको सजिलै अनुमान गर्न सकिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ