arrow

‘कम्युनिष्टले डडेल्धुराको विकासका लागि सिन्को पनि भाँचेका छैनन्’

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
karna.jpg

डँडलेल्धुरा । नेपाली काँग्रेस डँडेल्धुराका जिल्ला सभापति तथा प्रदेशसभा (ख)का उम्मेदवार कर्णबहादुर मल्लले जिल्ला र सुदूरपश्चिमको मात्र होइन समग्र देशको विकास निर्माणलाई गतिदिन अग्रसर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हात बलियो बनाउन मतदाताहरुसंग अनुरोध गरेका छन्  । उनले कम्युनिष्टहरुले जिल्लाको विकासको लागि सिन्कोसम्म नभाँचेको आरोप लगाएका छन्  ।
 
मंगलबार नवदुर्गा गाउँपालिका वडा नं ४ गिल्ला र मम्यामा लगायत पश्चिम सेतीको तटीय क्षेत्रमा चुनावी प्रचारको क्रममा उनले सो कुरा बताएका हुन् ।
 
घना बस्ती भएको गिल्लामा भएको घरदैलो सहितको प्रचार कार्यक्रममा जिल्ला सभापति मल्लले पश्चिम सेती आयोजनाको काम कांग्रेस बाहेक अरुले अगाडि बढाउन नसक्ने बताउदै सो क्षेत्रको स्थानीयवासीका उचित मुआब्जाको व्यवस्था सहित पुनर्वास र रोजगारीको प्रत्याभूति गर्न आफूसहित सिंगो नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए । उनले यसकोलागि सुदूर पश्चिम मात्र हैन देशकै आशाका केन्द्रबिन्छु काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको हात बलियो पार्नुपर्ने धारणा राख्दै मत मागेका थिए ।
 
जिल्ला सभापति एवम् प्रदेश सभाका उम्मेदवार मल्लले कम्युनिष्ट नेताहरुले काँग्रेसले २७ वर्ष राज गरेकोमा रीस गरेको उल्लेख गर्दै भन्नुभयो, धेरै समय त काँग्रेसलाई कम्युनिष्टहरुले काम गर्नै दिएनन । उनले नेपाली कांग्रेसले जनतालाई अधिकार सम्पन्न बनाउन २००७ साल, २०३६ साल,२०४६ सालमा आन्दोलनहरु गरेको र ति आन्दोलनबाट प्राप्त अधिकारलाई संरक्षित गर्न पटकपटक संविधान बनाएको पनि चर्चा गरे ।

उनले नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको कुशल नेतृत्वमा २०४७ मा आएको संविधानलाई कार्यान्वयन गर्न व्यवधान गरेको पनि उल्लेख गरे । २०४८ सालमा कर्मचारी उचालेर बिद्रोह गर्ने, २०५२ मा हतियार उठाउने , १० वर्षमा देशमा भएको विकास पनि ध्वस्त पार्ने काम कम्युनिष्टहरुले नै गरेको उल्लेख गर्दै जिल्ला सभापति कर्ण मल्लले त्यस पछिका १० वर्ष शान्ति प्रकृया र संक्रमणकालिन अवस्थामा देश गुज्रिएको बताए ।
 
प्रचार अभियानमा नवदुर्गा ५ का नेपाली काँग्रेस वडा सभापति देवबहादुर साउँद प्रश्न गर्दै सोधे,“डडेल्धुरामा पनि एमाले माओबादीका साँसद भएकै हुन , सरकार पनि चलाएकै हुन , बाम गठबन्धनको शिर्ष नेतृत्व सरकारको नेतृत्वमा बसेका बेला कुन योजना ल्याएर के काम गरेका छन ?” उनले ५ वर्षको समय संबिधानको कार्यान्वयन र संघियताको व्यवस्थापनमै जाने भएकोले पुरानै नेता र पार्टीलाई सहयोग गरेर विकास निर्माणलाई गतिदिन आग्रह गरेका थिए ।

जिल्ला सचिव लक्ष्मी अवस्थी , समानुपातिक उम्मेदवार कोशिला दमाई , नेपाल महिला संघ डडेल्धुराका अध्यक्ष कमला बिष्ट , जिल्ला कार्य समिति सदश्य बाजी ल्वहार , तरुण दल जिल्ला उपाध्यक्ष टेक बहादुर साउँद लगाउतका नेताहरुको सहभागितामा सम्पन्न भएको मतदाता भेटघाट कार्यक्रममा मम्या र गिल्लाका स्थानीयले सडक , स्वास्थ्य क्लिनिक , सिंचाई योजना लगायतका कामहरु गरिदिन माग राखेका थिए ।
 
यसैगरि प्रदेश सभा (क) प्रत्यक्ष तर्फका उम्मेदवार रघुवर भट्टले पनि जिल्लाको प्रदेश क्षेत्र नं. १ साविक देवलदिव्यपुर गाविस अथवा अजयमेरु गाउँपालिका वडा नं. ५गाल मटेलामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्  ।
 
वडाको केन्द्र देवल , मटेलामा जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको भेटघाट कार्यक्रममा उम्मेदवार भट्टले प्रधानमन्त्री देउवाको प्रयासले जिल्लामा पूर्बाधार विकास भईसकेकोले बाँकी अधुरा कामहरु आफूले पुरा गर्ने बाचा गर्दै लोकतन्त्रको रक्षा र प्रदेशको समृद्धिका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।
 
 
नवदुर्गा गाउँपालिकामा करिब दुई दर्जन कम्युनिष्ट कार्यकर्ताहरु स्वस्फूर्त रुपमा पार्टी प्रबेश गरेका थिए  । २०४९ देखि नेकपा एमालेमा निरन्तर क्रियासिल र वार्ड सचिव लगायत बिभिन्न पदिय जिम्मेवारीमा समेत रहेका काशीसिंह साउँद लगायत २२ जना संगठित एमाले कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेको वडा सभापति देबबहादुर साउँदले जानकारी दिएका छन् ।
 
नवप्रवेशीहरुले नेपालको समग्र विकासमा नेपाली काँग्रेसको सकारात्मक पहल रहेको र प्रजातन्त्रका लडेको लोकतान्त्रिक पार्टीले मात्र विकासको रेखा कोर्न सक्ने दाबी गर्दै संबिधानको कार्यान्वयन काँग्रेसको हातबाट मात्र संभब भएकोले नेकपा माओबादी केन्द्र परित्याग गरि काँग्रेसमा प्रबेश गरेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ