चितवन । चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चिहानडाँडामा बम भेटिएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल घरदैलो गरिरहेकै बेला चिहानडाँडामा प्रेसरकुकर बम भेटिएको हो ।
दाहाल वुधबार बिहान २४ नम्बर बडाको दीपचोक, ध्रुवबजारलगायतका स्थानमा घरदैलो कार्यक्रम गरिरहेका थिए । यसरी घरदैलो चलिरहेको बेला करिब १ किलोमिटर दूरीमा रहेको चिहानडाँडामा बम फेला परेको हो ।
प्रेसर कुकर बम भेटिएको जानकारी पाएपछि सेनाको बम डिस्पोजल टोलीले डिस्पोज पारेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए ।