arrow

प्रचण्ड घरदैलो गरिरहँदा चितवनमा बम भेटियो

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
prachnd.JPG

चितवन ।  चितवनको भरतपुर महानगरपालिका–२३ स्थित चिहानडाँडामा बम भेटिएको छ । माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल घरदैलो गरिरहेकै बेला   चिहानडाँडामा प्रेसरकुकर बम भेटिएको हो ।

दाहाल वुधबार बिहान २४ नम्बर बडाको दीपचोक, ध्रुवबजारलगायतका स्थानमा घरदैलो कार्यक्रम गरिरहेका थिए । यसरी घरदैलो चलिरहेको बेला करिब १ किलोमिटर दूरीमा रहेको चिहानडाँडामा बम फेला परेको हो ।

प्रेसर कुकर बम भेटिएको जानकारी पाएपछि सेनाको बम डिस्पोजल टोलीले  डिस्पोज पारेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ