arrow

दीपकुमार उपाध्यायको माहौल तात्दै, जातीय उत्पिडन उन्मुलनका लागि महत्वपूर्ण भूमिका 

logo
प्रकाशित २०७४ मंसिर १३ बुधबार
dipkumar.jpg

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार दीपकुमार उपाध्यायले जातीय उत्पिडन उन्मुलनका लागि नेपाली कंग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गरेको प्रस्ट पारेका छन् । 

नेपाली कांग्रेस सवैभन्दा बढी लोकतान्त्रिक र समावेशी पार्टी भएको भन्दै उपाध्यायले समावेशीता र लोकतान्त्रिक शासन पद्धतिको लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा काँग्रेसलाई मतदान गरी लोकतन्त्रको रक्षा गर्न आम मतदातालाई आग्रह गरे ।

कपिलवस्तु निर्वाच क्षेत्र १ को जहदीमा आयोजीत घरदैलो कार्यक्रममा उम्मेदवार उपाध्यायले दलित र मुस्लिम बस्ती भएको त्यस क्षेत्रमा  निर्वाचित भएलगत्तै उक्त  ठाउँको विकास निर्माण र लाग्ने प्रतिवद्धता जनाए ।

उम्मेदवार उपाध्यायले सो क्षेत्रको बाटो, घाटो सिंचाइको समस्या समाधान गर्न विगतमा पनि पहल गरेको बताउँदै आगामी दिनमा पनी यस्ता विकास निर्माणका कामलाई थप तिव्रता दिने बताए । 

घर दैलोमा स्थानीयले विकास निर्माण र पूर्वाधारको विकासमा जोड दिन माग गरेका  छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ