रियाल मड्रिड कोपा डेल रे को प्रिक्वाटरफाइनलमा, बराबरीले पनि जोगियो
प्रकाशित २०७४ मंसिर १३ बुधबार
486
Shares
काठमाडौं । रियाल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम ३२ अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगको खेलमा तेस्रो डिभिजनको फुएनलाब्रादासँग २–२ को बराबरीमा रोकिए पनि एग्रिगेशनमा ४–२ को जितसहित रियाल मड्रिड अन्तिम १६ मा पुग्न सफल भएको हो ।
दुवै गोल बोर्जा मायोरलले गरे । घाइते भएका कारण दुई महिनापछि मात्र मैदानमा फर्किएका ग्यारेथ बेलले गोलका लागि सहयोग गरे ।
क्रिष्टियानो रोनाल्डो नहुँदा भने टिमलाई निकै सकस परेको थियो ।
लेगनेस, सेल्टा भिगो र लेभान्ते पनि आफ्ना आफ्ना खेल जितेर कोपा डेल रे को प्रिक्वार्टरफाइनलमा मा पुगेका छन् ।