arrow

एमाले र माओवादी केन्द्रका १४० कार्यकर्ता कांगेसमा प्रवेश

यस क्षेत्रको चौतर्फी विकासमा लाग्छु : नेता कण्डेल

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
kadel1.jpg

नवलपरासी  । नेपाली कांग्रेसका नेता एवंम् बर्दघाट सूस्ता पश्चिम नवलपरासी  निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका  उम्मेदवार देवेन्द्रराज कण्डेलले यसक्षेत्रको चौतर्फी बिकासमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसारको क्रममा मतदातामा माझ   आफु  यस अगाबै पनि आफु यस क्षेत्रको बिकासमा लागेकाले आजीवन यसक्षेत्रको बिकासमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
 
सो अवसरमा बोल्दै नेता कण्डेलले यस क्षेत्रको चौतर्फी बिकासमा आफुले यस अगाबै पनि महत्पुर्ण काम गरेको जानकारी दिदै आगामी दिन अझं प्रभावकारी रुपमा यस क्षेत्रको बिकासकालागी यहांको जनताको सुझाब सल्लाहका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैबिच  यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र  २ का  प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका  बैजनाथ जयसवालले आज संयुक्त आफ्नो निर्वाचन  क्षेत्रका विभिन्न   स्थानमा उत्साहजनक रुपमा घरदैलो गरेका थिए   ।

यसैगरी यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र  २ का  प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधी तिवारी  आज संयुक्त रुपमा आफ्नो निर्वाचन क्षेत्रका बिभिन्न स्थानमा  उत्साहजनक रुपमा घरदैलो गरेका छन् ।  

बर्दघाट सूस्ता पश्चिम नवलपरासी  निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभा सदस्यका  उम्मेदवार देवेन्द्रराज कण्डेलले  आजै सरावल ३ को कुलासी , जनकुपर  ,  लगायतका क्षेत्रमा उत्साहजनक रुपमा घरदैलो गरे ।

  यसैगरी  नवलपरासी निर्वाचन क्षेत्र  २ का  प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका उम्मेदवार गुणनिधी तिवारी  आज संयुक्त सुनवलका  तरौली  लगायतका स्थानमा कोणसभा सम्पन्न गरे । प्रकाश वाह्रघरको अध्यक्षमा भएको    सो कार्यक्रमा सोनु पटेल सहित १४० जना एमाले र माओवादी केन्द्र छोडी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए  ।

यसैगरी सुनवल १२  मा वडा भेला सम्पन्न भएको छ  ।  वडा संयोजक  दिपक श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा  प्रतिनिधी सभा सदस्यका उम्मेदवार देवेन्द्रराज कण्डेलले यस क्षेत्रमा सडक , शिक्षा स्वाथ्य  , बेरोजगार लगायतका समस्या समाधान गर्न आफु प्रतिबद्ध रहेको जानकारी दिए  ।

यसैबीच यता बर्दघाट सुस्ता पुर्व नवलपरासी निर्वाचन क्षेत्र  २ का  प्रतिनिधी सभा सदस्यका उम्मेदवार एवंम् कांग्रेस नेता देवेन्द्रराज कण्डेल र प्रदेश सभा सदस्यका  बैजनाथ जयसवालले आज संयुक्त आफ्नो निर्वाचन  क्षेत्रको रामग्राम १४ अमहवा  , पजरकट्टी  ,  बकेनवा क्षेत्रमा उत्साहजनक रुपमा घरदैलो गरेका छन् ।  यसैबीच  बह्रकुमारी राज योग सुनवलमा  उम्मेदवाहरुलाई  स्वागत  कार्यक्रम सम्पन्न भएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ