वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का लागि नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार रमेश रिजालले मंगलबार क्षेत्र नम्बर ४ अन्तर्गतको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमँगलापुर, बुडगाँइ, झलमैया लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो कार्यक्रममा प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार रमेश रिजाल तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार बशिष्ठ नारायण कुर्मी, श्रीकान्त यादव, रामदेव चौहान, भुपेन्द्र तिवारी लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।