arrow

किसानका लागि विषेश कार्यक्रम ल्याउछु : आरजु

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
arju_1.jpg

धनगढी। कांग्रेस नेतृ तथा कैलाली क्षेत्र नम्वर ५ कि उम्मेदवार आरजु राणा देउवाले कैलालीमा आधुनिक खेतीका लागि सिचाइ र मलखादको व्यवस्थापनका लागि विषेश पहल गर्ने बताएकी छन् । किसानहरुका लागि सिंचाइ मलखादको अभाव हुन नदिन आफुले विषेश पहल गर्ने उनले वताइन् ।

 नेपाली कांग्रेसले मंगलवार कैलाली क्षेत्र नम्वर ५ अन्तर्गत पर्ने कैलारी गाउपालीकाको वेनौली र सेमरानामा आयोजना गरेको चुनावीसभामा बोल्दै उनले मलखाद र सिचाइको व्यवस्थ गर्ने बताइन् ।  ‘धनगढी उपमहानगरपालीका धेरै वडाहरु कृषी उपजका  लागि निकै उर्वर छन्’ उनले भनिन् सिचाइ र मलखालको प्रयाप्त व्यवस्या गर्न सकिए उत्पादनमा वृद्धि हुन्छ र कृषकको जिवनस्तर सुध्रन्छ ’।

प्रधानमन्त्री पत्नी समेत रहेकी देउवाले गदरीयामा कृषि क्याम्पस स्थापना गर्न गर्ने घोषणा गरिन् । ‘व्यवसायीक रुपमा कृषि पेशलाइ अगाडी बढाउन कृषिको प्रयाप्त ज्ञान हुन आवश्यक छ ’ उनले भनिन् ‘कृषि क्याम्पस गाउँमै खुले कृषकको सिप र ज्ञानको अभिवृद्धिमा महत्वपुर्ण सहयोग पुग्छ’ ।

नेतृ देउवाले घुरही नदीमा पुल तथा धनगढी सम्म जोडने सडक कालोपत्रे गर्ने वताइन् । धनगढी उपमहानगरपालीका भए पनि ग्रामिण क्षेत्रमा अझै सडक पुग्न सकेको छैन् देउवाले भनिन् ‘नगरका सबै वडाहरुमा सडकको स्तरोन्नती हुनुपर्छ , म पहल गर्ने छु ।’

मंगलवार नै अछाम कैलाली सम्पर्क समिले आयोजना गरेको कार्यक्रममा नेतृ देउवाले नेपाली कांग्रेस बाहेकका पार्टिले ७ नम्बर प्रदेशको विकासका लागि केहि पनि गर्न नसकेको आरोप लगाइन् । उनले बाम गठवन्धन प्रति लक्षित गर्दै सात नम्बर प्रदेशमा बनेका संरचना ढलाउनेले विकासको कुरा गर्न नसुहाउने बताइन् ।
 
‘सात नम्बर प्रदेशमा कांग्रेस बाहेक अरुले के विकास गरे’ उनले प्रश्न गरिन्  ‘एउटा मात्रै इटा थपेको भए मलाइ देखाइ दिनुस् ’। ‘कांग्रेसले बषौँदेखि निमार्ण गरेका सयौँ संरचना भत्काए, घर भत्काए,गाविस भवन भत्काए’ गठबन्धनलाइ लक्षित गर्दै उनले भनिन्  ‘ भएका भवन पनि भत्काउनेहरुले विकास गछौँ भन्नु हास्यास्पद हो ’।
 
लोकतन्त्र रहे मात्रै संस्कृति,संस्कार र मुल्य मान्यता रहने भएकोले नेपाली कांग्रेसको जित अपरिहार्य रहको उनले बताइन् ।  प्रदेश नम्बर सातको विकासका लागि आफुरु निकै गम्भिर रहेको उनको तर्क थियो । ‘सुदुरपश्चिमको बाटो, पञ्चेश्वर,सेती लोकमार्ग र गौरी फण्टा नाका फराकिलो पार्न देउवा नै चाहियो’ उनले भनिन् ‘अरु पार्टि नेपाली कांग्रेस जस्तो सुदुरपश्चिम प्रति इमान्दार छैनन्’ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ