arrow

महिलालाई सुनाईन आरजुले पीडा, 'मेरा पनि दु:ख तपाईहरुका जस्तै'

logo
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
Dr_Aarzoo.png

धनगढी । मैले बिहे गरेर सुदूरपश्चिम आएको २५ वर्ष भयो । हाम्रो समाजमा महिलाले जहाँ विहे गरेर गयो, त्यही घर मानिन्छ । मलाई टुरिस्ट भन्नेहरू हो, 'तपाईका घरमा पनि बाहिरबाट विहे गरेर आमा, बुहारी आउनु भएका होला, त्यसैले आफ्ना घरका आमाबुहारीलाई टुरिष्ट नभन्नु होला ।'

कैलाली क्षेत्र नम्बर ५ की नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डाक्टर आरजु राणा देउवाले चुनावी कार्यक्रममा प्रायः भन्छिन्  म सुदूरपश्चिमकी बुहारी हुँ, आफ्नो घर नआएर कहाँ जाने । विपक्षीहरूबाट आफूमाथि ‘टुरिष्ट’ भन्ने शब्दले सम्बोधन गर्दा भित्रैसम्म पीडा हुने गरेको उनको अभिव्यक्तिमा झल्किन्छ ।

मंगलबार धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा आयोजित चुनावी कार्यक्रममा उनले सो  पीडा पोखिन् ।  ‘मलाई यस्तो भन्नेहरूलाई लाग्दो होला– पढेलेखेकी छ, जान्नेबुझ्ने छ, यसलाई यस्तो भन्दा आनन्द आउँछ होला, तर हेर्नोस् मलाई पनि दुख्छ । महिनावारी हुँदा सबै महिलालाई समान पीडा हुन्छ । बच्चा जन्माउँदा सबै आमालाई हुने पीडा एउटै हो ।

आरजुले बोलिरहँदा कार्यक्रममा सहभागी महिलाहरूले एकचित्तले उनका कुरा सुनिरहे । कतिपयको आँखा रसाए । एकछिन कार्यक्रमस्थल भावविह्वल बन्यो ।

पछिल्लो समय आरजुको चुनावी प्रचारप्रसार कार्यक्रममा महिलाको भीड लाग्ने गरेको छ । हरेक उमेर समुहका महिला उनिसंग भेट्न लालायित हुने गरेका छन् । मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बिशालनगरमा भएको एक कार्यक्रममा एक सय वर्षीया मनुदेवी ओझाले उनलाई फूलमाला दिएर अंकमाल गर्दा कार्यक्रमस्थलमा रहेका स्थानीय मन्त्रमुग्ध बनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ