arrow

बझाङका सबै मत पेटिका सदरमुकाम पुगे

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
chunab1.jpg

बझाङ । सात नम्बर प्रदेशको हिमाली जिल्ला बझाङ काँडामा रहेका ३ वटा मतपेटिका मंगलबार बिहान मात्र हेलिकप्टरबाट सदरमुकाम चैनपुर ल्याइएको छ । सोमबार नै मतपेटिका ओसार्न हेलिकप्टर काँडा गाँउपालिका तिर गएको भएपनि  वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिहरुले हेलिकप्टरमा मतपेटिका सँगै आफूहरुले पनि जान पाउनु पर्ने भनेर विवाद भएपछि एक दिन ढिलो गरि मंगलबार सदरमुकाम ल्याईको हो ।

राजनितीक दलहरु बिच भएको विवाद शान्त  भएपछि मंगलबार बिहान हेलिकप्टरबाट ३ वटै मतपेटिका सुरक्षित तरिकाले सदरमुकाम चैनपुर ल्याइएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले बताए । मतपेटिकासँग मतदान अधिकृत मात्र आएका र अन्य कर्मचारी र राजनीतिक दलका प्रतिनिधि हिँडेर नै सदरमुकाम चैनपुर आउने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । काँडाबाट सदरमुकाम चैनपुर पुग्न  ३ दिनको  पैदलयात्रा गर्नु पर्दछ  ।

बझाङ जिल्लाका १६० मतदान केन्द्रका ४८० मतपेटिका जिल्ला पशु सेवा कार्यालयको हलमा राखिएका छन् । मतेपेटिका भएको ठाँउहरुमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । मतपेटिका भएको ठाउँमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा म्यादी प्रहरीले सुरक्षा दिई रहेको  प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
स्थानिय तहको निर्वाचनको भन्दा ९ प्रतिशत मत कम खस्यो ।

स्थानिय तहको भन्दा झण्डै नौ प्रतिशत कम खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । गएको असारमा सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा यस जिल्लामा ७३ प्रतिशत मत खसेको भएपनि आईतबार सम्पन्न प्रतिनिधी सभा र प्रदेश शभाको सदस्यका लागी भएको निर्वाचनमा ६४ प्रतिशत मत मात्र खसेको हो ।

जिल्लामा रहेका एक सय ६० मतदान केन्द्रमा जम्मा एक लाख चाहजार दुई सय ७५ मतदात रहेकोमा जम्मा ६६ हजार सात सय ३६ मत खसेको जिल्ला निर्वाचन अधिकृत धुर्ब भण्डारीले बताए । उनले भने स्थानिय तहको निर्वाचन भर्खरै मात्र सम्पन्न भएकाले र स्थानिय निर्वाचनमा स्थानिय उम्मेदार भएकाले यस निर्वाचनमा कम मत खसेको बताए ।

स्थानिय तहको निर्वाचनमा बैदेशिक रोजगारीका लागी विदेश रहेका तथा नेपालका बिभिन्न सहरहरुबाट मतदाताहरु  घर नआएका कारण पनि यस पटकको निर्वाचनमा कम मत खसेको स्थानिय बासीहरुको आकलन छ । ‘स्थानिय तहको निर्वाचनमा गाँउ गाँउमा उम्मेदवार हुन्थ्ये र देश बिदेशमा रहेका आफन्तहरुलाई पनि बोलाउन्थे नागरिक समाजका अगुवा दिर्घराज उपाध्यायले भन्नु भयो यस निर्वाचनमा भने नेताहरुले आफन्त हरु कम बोलाएकाले मत पनि कम खसेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ